बागमती प्रदेश सरकारका विभिन्न तालुकात मन्त्रालयका मन्त्रीज्यूहरुसंग भेटघाट एवम् बजेटको विषयमा छलफल । २०८३।०२।०५

बागमती प्रदेश सरकारका विभिन्न तालुकात मन्त्रालयका मन्त्रीज्यूहरुसंग भेटघाट एवम् बजेटको विषयमा छलफल । २०८३।०२।०५
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले बागमती प्रदेश सरकारका विभिन्न तालुकात मन्त्रालयका माननीय मन्त्रीज्यूहरुसंग भेटघाट गरेको छ । उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापा र कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय मधुसुदन पौडेलज्यूसंग प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता र कार्यकारी निर्देशक विवेक मानन्धरज्यूले समसामयिक विषयहरु र आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल गर्नुभएको हो । तालुकात मन्त्रालयहरुको वार्षिक बजेटको सिलिङ्ग वर्षै पिच्छे घट्दै गईरहेको सन्दर्भमा मन्त्रीज्यूहरुको ध्यानाकर्षण गराउनुहुँदै उपाध्यक्ष कृष्ण कुमार गुप्ताज्यूले आगामी बजेट निजी क्षेत्र मैत्री आउनुपर्ने कुरामा विशेष जोड दिनुभएको थियो । यसपटक विगतमा जस्तो बजेट छर्ने कार्य नहुने गरी बजेट निर्माण हुनुपर्नेमा पनि मन्त्रीज्यूहरुको ध्यानाकर्षण गराईएको थियो ।