विषयगत समितिहरुबीच परिचयात्मक एवम् छलफल कार्यक्रम सम्पन्न । २०८३।०७।१७
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गतका विषयगत समितिहरुबीच परिचयात्मक एवम् छलफल कार्यक्रम हेटौंडामा सम्पन्न गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठज्यूको सभाध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यज्यूको प्रमुख आतिथ्यता, जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माज्यूको विशिष्ट आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्देश्यसहित स्वागत मन्तव्य राख्नुहुँदै अध्यक्ष वेद बहादुर श्रेष्ठज्यूले संस्थाको वास्तविक शक्ति भनेकै प्रदेश भरिका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू, उद्यमी व्यवसायीहरू र विषयगत समितिहरूको सामूहिक क्षमता रहेको बताउनुभयो । विषयगत समितिहरूलाई नाम मात्रका संरचना नभई सक्रिय, जिम्मेवार र परिणाम दिने कार्य समूहका रूपमा विकास गर्नुपर्ने र सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गरी बागमती प्रदेशका उद्योगी तथा व्यवसायीका समस्यालाई व्यवस्थित रूपमा पहिचान गर्न, नीतिगत सुधारकालागि पहल गर्न र आर्थिक विकासका अवसरलाई व्यवहारमा रूपान्तरण गर्न आग्रह गर्नुभयो । विषयगत समितिहरुलाई विशेष गरी स्पष्ट कार्ययोजना र जिम्मेवारी लिन, जिल्ला तथा नगरस्तरका समस्या प्रदेशस्तरमा उठाउन, सरकारसँग नीतिगत संवाद र पैरवी गर्न, लगानी, उत्पादन र रोजगारी सिर्जनाका कार्यक्रमहरु ल्याउन, समितिहरूबीच सहकार्य गर्न र सचिवालय र समितिबीच प्रभावकारी समन्वय गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यज्यूले प्रदेश महासंघका विषयगत समितिहरुका सभापतिहरुलाई केन्द्रीय महासंघको तत् तत् विषयगत समितिहरुमा पदेन सदस्यको रुपमा राखिएको र यसरी राखिनुको प्रमुख कारण केन्द्रीय महासंघका समितिहरुमा प्रदेशगत रुपमा उठेका समस्याहरु, सो को निराकरणकालागि उपयुक्त राय, सल्लाह, सुझावहरु प्रत्येक ३ महिनामा पेश गर्नुपर्ने पनि बताउनुभयो । महासंघले समितिहरुले गर्नुपर्ने कार्यहरुको विषयमा कार्ययोजना गोष्ठी आयोजना गरेर अघि बढ्न सके राम्रो हुने बताउनुहुँदै कार्ययोजना गोष्ठीकालागि नेपाल उद्योग वाणिज्य महासंघले सहयोग गर्ने पनि बताउनुभयो । नेउवामहासंघको आउँदो साधारणसभामा वर्षको उत्कृष्ट प्रदेश बन्न सबै विषयगत समितिहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने पनि बताउनुभयो । साना तथा मझौला उद्योगहरुको संरक्षण गर्न जरुरी रहेको बताउनुहुँदै उहाँले प्रदेश सरकारले निर्णय गर्न सक्ने कुराहरुमा प्रदेश महासंघले नै पहल गरेर अघि बढ्नुपर्ने र केन्द्र सरकारले निर्णय गर्न सक्ने कुराहरुमा केन्द्रीय महासंघले नै आवश्यक पहल गर्ने पनि बताउनुभयो ।
त्यसैगरी मन्तव्यको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्माज्यूले महासंघका सातै प्रदेश चलायमान रहेको, सबै विषयगत समितिहरु कृयाशील हुन जरुरी रहेको, समिति सदस्यहरुको अनुभव, सीप, विज्ञता प्रस्फुटन गर्ने स्थान रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव प्रसाद भण्डारी, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यज्यूको पनि उपस्थिति रहेको थियो । कार्यक्रमकै अवसरमा सबै विशिष्ट अतिथि, अतिथि, जिल्ला नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघका अध्यक्षज्यूहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
परिचयात्मक कार्यक्रम अघि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट उधारो असुली कानूनको मस्यौदा उपर छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो । अधिवक्ता दिपक घिमिरेज्यूले मस्यौदाका बुँदाहरुको विषयमा प्रस्तुतिकरण पेश गर्नुभएको थियो भने सहभागीहरुबाट मस्यौदा उपर सुझावहरु पनि संकलन गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष वेद बहादुर श्रेष्ठज्यूको सभापतित्वमा भवन निर्माण समिति, जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार गुप्ताज्यूको सभापतित्वमा उद्योग वाणिज्य परिषद्, बस्तुगत उपाध्यक्ष प्रेमहरि मैनालीज्यूको सभापतित्वमा बस्तुगत परिषद्, एशोसियट उपाध्यक्ष कृष्णभक्त श्रेष्ठज्यूको सभापतित्वमा रोजगारदाता परिषद्, कोषाध्यक्ष रुद्र बहादुर खत्रीज्यूको सभापतित्वमा स्थानीय आर्थिक विकास तथा सचिवालय व्यवस्थापन समिति, कार्यकारिणी सदस्य राजन कार्कीज्यूको सभापतित्वमा व्यापार मेला समिति, कार्यकारिणी सदस्य सनत थापाज्यूको सभापतित्वमा स्थल यातायात तथा पारवहन समिति, कार्यकारिणी सदस्य प्रदिपमान प्रधानज्यूको सभापतित्वमा सीप विकास तथा रोजगार समिति, कार्यकारिणी सदस्य उत्तमशर्मा ढकालज्यूको सभापतित्वमा कर तथा राजस्व समिति, कार्यकारिणी सदस्य कृष्ण मुरारी न्यौपानेज्यूको सभापतित्वमा सूचना तथा संचार प्रविधि विकास समिति, कार्यकारिणी सदस्य राजकुमार कँडेलज्यूको सभापतित्वमा कृषि तथा वन समिति, कार्यकारिणी सदस्य नविन्द्र देव सिंज्यूको सभापतित्वमा उद्योग समिति, कार्यकारिणी सदस्य जयप्रकाश श्रेष्ठज्यूको सभापतित्वमा सामाजिक सेवा तथा प्रकोप व्यवस्थापन समिति, कार्यकारिणी सदस्य ज्योतिरत्न बज्राचार्यज्यूको सभापतित्वमा पर्यटन तथा हवाई यातायात समिति, कार्यकारिणी सदस्य सदिश श्रेष्ठज्यूको सभापतित्वमा घरेलु तथा साना उद्योग समिति, कार्यकारिणी सदस्य विष्णु खनालज्यूको सभापतित्वमा बैंक, वित्तिय तथा बीमा समिति, कार्यकारिणी सदस्य सृजना श्रेष्ठज्यूको सभापतित्वमा महिला उद्यमी विकास समिति, आमन्त्रित सदस्य यादव दाहालज्यूको सभापतित्वमा स्टार्टअप तथा नवप्रवर्तन समिति, आमन्त्रित सदस्य यादव दाहालज्यूको सभापतित्वमा स्टार्टअप तथा नवप्रवर्तन समिति, आमन्त्रित सदस्य यादव दाहालज्यूको सभापतित्वमा स्टार्टअप तथा नवप्रवर्तन समिति, आमन्त्रित सदस्य यादव दाहालज्यूको सभापतित्वमा स्टार्टअप तथा नवप्रवर्तन समिति, आमन्त्रित सदस्य यादव दाहालज्यूको सभापतित्वमा स्टार्टअप तथा नवप्रवर्तन समिति, आमन्त्रित सदस्य यादव दाहालज्यूको सभापतित्वमा स्टार्टअप तथा नवप्रवर्तन समिति, आमन्त्रित सदस्य चिरञ्जिवी सुवेदीज्यूको सभापतित्वमा शिक्षा समिति, आमन्त्रित सदस्य कोमल सुन्दर श्रेष्ठज्यूको सभापतित्वमा व्यापार समिति, आमन्त्रित सदस्य सत्यनारायण श्रेष्ठज्यूको सभापतित्वमा खेलकुद तथा मनोरञ्जन समिति, आमन्त्रित सदस्य राजकुमार दाहालज्यूको सभापतित्वमा उत्पादकत्व तथा गुणस्तर समिति, आमन्त्रित सदस्य शर्मिला श्रेष्ठ जोशीज्यूको सभापतित्वमा स्वास्थ्य समिति, आमन्त्रित सदस्य सीतादेवी भेटवालज्यूको सभापतित्वमा हस्तकला प्रवद्र्धन समितिलाई पूर्णता प्रदान गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका एशोसियट उपाध्यक्ष कृष्णभक्त श्रेष्ठज्यूले संचालन गर्नुभएको र जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार गुप्ताज्यूले धन्यवादज्ञापन गर्नुभएको परिचयात्मक तथा छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, कार्यकारिणी सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारी तथा कार्यकारिणी सदस्यज्यूहरू, विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघका प्रतिनिधि, विभिन्न विषयगत समितिका सदस्यज्यूहरु एवं उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।