मकवानपुर उद्योग वाणिज्य संघद्वारा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नवनिर्वाचित कार्यकारिणी समितिको स्वागत । २०८३।०१।३०

मकवानपुर उद्योग वाणिज्य संघद्वारा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नवनिर्वाचित कार्यकारिणी समितिको स्वागत । २०८३।०१।३०
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नवनिर्वाचित कार्यकारिणी समितिको सम्मानमा मकवानपुर उद्योग वाणिज्य संघले स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । प्रदेशका नवनिर्वाचित कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको सम्मानमा आयोजित स्वागत तथा छलफल कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाटज्यूले प्रदेश र जिल्ला नगर उवासंघबीचको तादाम्यता मिलाउन जरुरी रहेको र मिलेर अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । केन्द्रीय सदस्य कृष्ण कटुवालज्यूले केन्द्रीय सदस्य निर्वाचित गराउन सहयोग गर्नुभएकोमा सबैलाई धन्यवादज्ञापन गर्नुभयो । 
प्रदेशका नवनिर्वाचित अध्यक्ष वेद बहादुर श्रेष्ठले आगामी दिनहरुमा प्रदेशले सबै जिल्ला नगर उवासंघहरुसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्पूर्ण निर्वाचित पदाधिकारी एवम् कार्यकारिणी सदस्यहरुलाई खादा र टिका लगाई स्वागत गरिएको कार्यक्रमको अन्त्यमा सबैलाई मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य एवम् सल्लाहकारहरुको पनि उपस्थिति रहेको थियो ।