केन्द्रीय कार्यकारिणी सदस्यको रुपमा अध्यक्ष श्रेष्ठको शपथग्रहण सम्पन्न । २०८३।०१।२४

केन्द्रीय कार्यकारिणी सदस्यको रुपमा अध्यक्ष श्रेष्ठको शपथग्रहण सम्पन्न । २०८३।०१।२४
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यको रुपमा शपथग्रहण गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको विधानत प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्ष केन्द्रीय सदस्य रहने प्रावधान अनुरुप श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठलाई शपथग्रहण गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सम्पूर्ण नवनिर्वाचित पदाधिकारी एवम् कार्यकारिणी सदस्यसहित सातै प्रदेशका अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो । प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षहरु केन्द्रीय पदाधिकारीहरुपछिको स्थानमा रहने विधानमा व्यवस्था रहेको छ ।