नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवनिर्वाचित कार्यकारिणी समितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न । २०८३।०१।०२

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवनिर्वाचित कार्यकारिणी समितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न । २०८३।०१।०२
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवनिर्वाचित कार्यकारिणी समितिको शपथग्रहण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । प्रदेश उद्योग वाणिज्य महासंघ गठन तथा संचालन सम्बन्धी नियमावली बमोजिम नवनिर्वाचित अध्यक्ष वेद बहादुर श्रेष्ठलाई निवर्तमान अध्यक्ष दिल सुन्दर श्रेष्ठले अध्यक्ष पदको शपथग्रहण गराउनु भएको हो । बिजि ब्यांक्वेट एवम् ईभेन्ट्स प्रा.लि. को सभाहलमा आयोजित शपथग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र विशिष्ट अतिथिको रुपमा जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्य हुनुहुन्थ्यो । अध्यक्षज्यूको शपथग्रहणपश्चात नवनिर्वाचित अध्यक्ष वेद बहादुर श्रेष्ठले पदाधिकारी एवम् कार्यकारिणी सदस्यहरुलाई शपथग्रहण गराउनुभएको थियो ।

महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले नवनिर्वाचित कार्यकारिणी समितिलाई बधाई प्रकट गर्नुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 
 
शपथग्रहणपश्चात बसेको कार्यकारिणी समितिको पहिलो बैठकले थप ३ जना कार्यकारिणी समिति सदस्य पनि मनोनित गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष विष्णु खनाल, हिट्को प्रा.लि. का अध्यक्ष प्रदिपमान प्रधान र सिन्धुली उद्योग वाणिज्य संघका महिला सचिव श्रृजना श्रेष्ठलाई मनोनित गरिएको थियो भने मनोनित कार्यकारिणी सदस्यहरुलाई पनि शपथग्रहण गराईएको थियो । कार्यकारिणी समितिको बैठकले प्रदेश सभा एवम् निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन पनि गरेको थियो ।