आर्थिक मामिला तथा योजना मन्त्रालयको राजस्व व्यवस्थापन वैठकमा नेउवामहासंघ वागमती प्रदेशको तर्फवाट राय सुझाव पेश । २०८२।१२।३०

आर्थिक मामिला तथा योजना मन्त्रालयको राजस्व व्यवस्थापन वैठकमा नेउवामहासंघ वागमती प्रदेशको तर्फवाट राय सुझाव पेश । २०८२।१२।३०
बागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको राजस्व व्यवस्थापन समितिको बैठकमा नेपाल उद्योग वाणिज्व्य महासंघ बागमती प्रदेशले आफ्नो तर्फबाट राय सुझाव पेश गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री रुद्र बहादुर खत्रीज्यूले लिखित राय सुझाव पेश गर्नुभएको हो । 
विद्युतीय सवारी साधनमा करछुट, लामो समयदेखि नविकरण हुन नसकेका सवारी साधनहरुलाई प्याकेज, कर तिर्ने प्रकृया डिजिटल प्रविधिमैत्री एवम् पारदर्शी हुनुपर्ने, उद्योग संचालनका लागि जग्गा खरिद गर्दा राजश्व सहुलियत पाउनुपर्ने, ढलेपडेका रुखहरुलाई प्रयोग गर्ने नीति ल्याईनुपर्ने, खानीजन्य पदार्थको उचित अनुगमनसहितको उत्खनन गरिनुपर्ने, औद्योगिक ग्रामहरु सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार संचालन गरिनुपर्ने, करका दर भन्दा पनि दायरा बढाईनुपर्ने, महिला उद्यमीहरुद्वारा संचालित उद्योग व्यवसायलाई थप छुटको व्यवस्था हुनुपर्ने, आन्तरिक राजस्व र प्रदेश आर्थिक मामिलाबाट आउने प्याकेज एकसाथ आउनुपर्ने, हस्तकला उद्योगहरुले निर्यात गर्दाका झण्झटिला प्रावधानहरु हटाईनुपर्ने जस्ता सुझावहरु प्रदान गरिएका थिए । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट उपाध्यक्ष श्री कृष्ण कुमार गुप्ताज्यूको पनि उपस्थिति रहेको थियो ।