प्रतिनिधिसभा २०८२ को निर्वाचनको नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशबाट पर्यवेक्षण । २०८२।११।२२

प्रतिनिधिसभा २०८२ को निर्वाचनको नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशबाट पर्यवेक्षण । २०८२।११।२२
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले प्रतिनिधिसभा २०८२ को निर्वाचनको पर्यवेक्षण गरेको छ । निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको तर्फबाट अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठ र कार्यकारी निर्देशक श्री विवेक मानन्धरज्यूले प्रतिनिधिसभाको निर्वाचनको पर्यवेक्षण गर्नुभएको हो । निर्वाचन आयोगबाट पर्यवेक्षणको लागि नेउवामहासंघले बागमती प्रदेशलाई निर्वाचनको पर्यवेक्षणको लागि सहजीकरण गरेको थियो । अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूले धुलिखेल नगरपालिकामा र कार्यकारी निर्देशक श्री विवेक मानन्धरज्यूले हेटौंडा उपमहानगरपालिकामा पर्यवेक्षण गर्नुभएको थियो । पर्यवेक्षणबाट प्रतिनिधिसभा २०८२ को निर्वाचन सौहार्द्रपूर्ण रुपमा सम्पन्न भएको पाईएको थियो ।