नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा आगामी फागुन १ र २ गते हेटौंडामा हुने । २०८२।१०।०४

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा आगामी फागुन १ र २ गते हेटौंडामा हुने । २०८२।१०।०४ नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा आगामी फागुन १ र २ गते हेटौंडामा हुने ।
२०८२।१०।०४

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौं प्रदेश सभा तथा निर्वाचन आगामी फागुन १ र २ गते हेटौंडामा आयोजना हुने भएको छ । काठमाडौंमा भएको प्रदेशको कार्यकारिणी समितिको १३ औं बैठकले उक्त निर्णय गरेको हो । सोही बैठकले प्रदेश उद्योग वाणिज्य महासंघको नियमावली २०८२ अनुसार लामो समयदेखि नविकरण नगरेका १३ वटा एशोसियट सदस्यहरुको सदस्यता खारेज गर्ने पनि निर्णय गरेको छ । बागमती प्रदेश अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूको अध्यक्षतामा बसेको बैठकमा उहाँले यसै प्रदेश सभापश्चात नयाँ कार्यकारिणी समिति निर्वाचित हुने भएकोले सबैलाई समेटी सर्वसम्मत रुपमा निर्वाचित गराउने प्रयास गर्ने बताउनुभयो । बैठकमा प्रदेशका कार्यकारिणी समितिका पदाधिकारीज्यूहरु, कार्यकारिणी समिति सदस्यहरु र नेउवामहासंघका कार्यकारिणी सदस्य एवम् प्रदेशका पदेन सदस्यज्यूहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।