बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन सम्पन्न । २०८२ पौष २१ र २२ गते
बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन सम्पन्न ।
२०८२ पौष २१ र २२ गते
बागमती प्रदेशभरिका उत्कृष्ट एवम् सफल महिला उद्यमीहरुलाई समेटी हेटौंडामा बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन कार्यक्रमको आयोजना गरिएको छ । बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक श्री पुष्कर चन्द्र भट्टराईज्यूको सभाध्यक्षता, बागमती प्रदेश सरकारका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय बिन्दु श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, उद्योग वन तथा वातावरण समिति सदस्य माननीय यमुना देवी श्रेष्ठज्यू र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री हेमराज भुसालज्यूको विशिष्ट आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री कविराज खत्री, कार्यकारिणी सदस्य एवम् महिला उद्यमी विकास समितिका सभापति श्री गीता अमात्यज्यू, कार्यकारिणी सदस्य श्री जीवनकाजी माकजु श्रेष्ठज्यू, श्री उत्तमशर्मा ढकालज्यू, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रमोद सिंह रानाभाटज्यू, सामाजिक सुरक्षा कोषका निर्देशक श्री उत्तमराज नेपालज्यूको आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत सातौं श्री गोविन्दराज जोशीज्यूले मुलुकको सामाजिक राजनैतिक आर्थिक एवम् सांस्कृतिक क्षेत्रका विभिन्न तह र तप्कामा महिलाहरुको भूमिका बढ्दै गईरहेको, गुणात्मक सुधार आउन बाँकी रहेको भए तापनि महिलाहरुले स्वःस्पूmर्त रुपमा उद्यममा आबद्ध भई देशभित्रै उत्पादनशील रोजगारी श्रृजना गरिरहेको बताउनुभयो । उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयबाट विभिन्न आर्थिक वर्षमा सर्वोत्कृष्ट, उत्कृष्ट र सफल महिला उद्यमीको रुपमा सम्मानित भएका महिला उद्यमीहरुलाई एकै स्थानमा भेला गराई उहाँहरुको अनुभव आदान प्रदानका साथै उहाँहरुले भोग्नु परिरहेका समस्याहरुको बारेमा छलफल गराउने र आगामी प्रदेश उद्योग तथा वाणिज्य नीतिमा सुझावहरु संकलन गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बताउनुहुँदै उहाँले उपस्थित सम्पूर्णमा हार्दिक स्वागत गर्नुभयो ।
प्रमुख अतिथि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय बिन्दु श्रेष्ठज्यूले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशसंगको छलफलपश्चात यसपटक विशेष गरी मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमीको रुपमा पुरस्कृत र प्रदेशभरिका सफल महिला उद्यमी दिदीबहिनीहरुलाई समेटेर यस सम्मेलनलाई मूर्तरुप प्रदान गरिएको बताउनुभयो । महिला उद्यमीहरुको सफलताको कथा संगसंगै उद्यमीहरुले भोग्नु परेका समस्याहरु बुभ्mन र प्रदेशले आगामी उद्योग तथा वाणिज्य नीति बनाउँदा महिला उद्यमी मैत्री बनाउन समेट्नु पर्ने विषयहरुको विषयमा छलफल गर्नका साथै उद्यमी महिलाहरुलाई सामाजिक सुरक्षा कोषको विषयमा जानकारी गराउन सम्मेलनको आयोजना गरिएको पनि उहाँले बताउनुभयो । एउटा उद्यमीलाई अनावश्यक कच्चा पदार्थ अरु उद्यमीलाई आवश्यक हुन सक्ने, बागमती प्रदेशभित्रकै उद्यमीहरुबीच नेटवर्किङ्ग गराउँदा एकआपसमा सामञ्जस्यता बढ्ने, यस्ता सम्मेलनहरुले महिला उद्यमीहरुबीच छलफल भई व्यवसाय विस्तारमा सहयोग पुग्ने, महिला उद्यमीहरुले घर परिवार संगसंगै उद्योग पनि संचालन गरेर दोहोरो भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा प्रविधि हस्तान्तरण, उत्कृष्ट सम्मान, सम्मेलन जस्ता कतिपय सूचनाहरु सही उद्यमीसम्म नपुग्ने समस्याहरुको समाधानमा ध्यान दिईनु पर्ने पनि उहाँले बताउनुभयो । महिला उद्यमीहरुदेखि साना तथा लघु उद्यमीहरुको क्षमता अभिवृद्धिकालागि मन्त्रालयले निजी क्षेत्रसंग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको बताउनुहुँदै उहाँले ईकमर्स तालिम, सीपमूलक तालिम, हस्तकला मेलाजस्ता कार्यक्रमहरु संचालन भईसकेको र हुन लागेको बताउनुभयो । उद्योग दर्तालगायतका कार्यहरु बढी झण्झटिलो हुने समस्या समाधानकालािग मन्त्रालयले घरै बसी उद्योग दर्ता गर्न सकिने गरी अनलाईन सप्mटवेयरको विकास गर्दै गरेको बताउनुहुँदै उहाँले यसै सप्mटवेयरबाट नै महिला उद्यमीहरुको डाटा प्राप्त हुने पनि बताउनुभयो । आगामी दिनको बजेटमा पनि महिला मैत्री कार्यक्रमहरु ल्याईने बताउनुहुँदै उहाँले सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि उद्योग वन तथा वातावरण समिति सदस्य माननीय यमुनादेवी श्रेष्ठज्यूले महिला उद्यमीहरुका समस्या एवम् समाधानका लागि प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले गर्नुपर्ने प्रयासहरुका विषयमा केन्द्रित हुने यो सम्मेलन आयोजना गर्नु निकै राम्रो रहेको बताउनुभयो । महिला उद्यमीहरुलाई उद्यम गर्दा पर्ने कच्चा पदार्थको समस्या, कर र भ्याट सम्बन्धी समस्या, दोहोरो तेहरो कर समस्या, दर्ता प्रकृयाको झण्झटिलो व्यवस्था, वनजन्य कच्चा पदार्थ संकलनमा समस्याहरु प्रमुख रहेको बताउनुभयो । आपूm उद्योग वन तथा वातावरण समितिको सदस्य पनि भएकोले पनि यी समस्याहरु समाधानमा आपूm निरन्तर प्रयासरत् रहेको बताउनुहुँदै उहाँले महिला उद्यमीहरुले पाउने सहुलियतपूर्ण कर्जालगायतका विषयहरुमा माननीय मन्त्रीज्यू र सचिवज्यूको ध्यानाकर्षण गराउनुभयो ।
विशेष अतिथि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री हेमराज भुसालज्यूले मन्त्रालयले आफ्नो श्रोत शक्तिले भ्याएसम्म कार्यक्रमहरु आयोजना गरेको बताउनुहुँदै आगामी वर्षकालागि पनि सबैको राम्रा सुझावहरु लिएर बजेट तयार गर्ने बताउनुभयो । उद्यमशीलतासंग सम्बन्धित सामाजिक सुरक्षा कोषको पनि प्रस्तुतिकरणले सम्मेलनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुहुँदै उहाँले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले उद्योग दिवसको अवसरमा प्रदान गर्ने उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा पनि महिला उद्यमीहरु धेरै हुनु खुशीको कुरा भएको बताउनुभयो । मन्त्रालयले पनि विशेष गरी महिला लक्षित कार्यक्रमहरुलाई नै बढी प्राथमिकता प्रदान गरेको बताउनुहुँदै उहाँले आन्तरिक उद्यममा महिलाहरुको सहभागिता गर्वको विषय भएको बताउनुभयो । आगामी बजेटमा पनि महिला सशक्तिकरणमा थप लगानीको प्रयास रहने बताउनुहुँदै उहाँले महिला उद्यमीहरुले राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानको कदर गर्नुभयो ।
शुभकामना मन्तव्य राख्नुहुँदै अतिथि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य एवम् महिला उद्यमी विकास समितिका सभापति श्री गीता अमात्यज्यूले यसअघि पनि दुईपटक बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन आयोजना गरिएको बताउनुहुँदै यसअघि पनि महिला उद्यमी दिदीबहिनीहरुलाई समयसापेक्ष विभिन्न अभिमुखीकरण कार्यक्रमहरु आयोजना गरिएको, उहाँहरुको उत्पादनहरुको प्रदर्शनी, विक्री वितरण गर्ने कार्य गरी उहाँहरुलाई प्रोत्साहन गरिएको बताउनुभयो । यसपटक मन्त्रीज्यूकै आग्रह अनुसार मन्त्रालयबाट उत्कृष्ट पुरस्कार प्राप्त गर्नुभएको १३ वटै जिल्लाका महिला उद्यमीहरु, सफल महिला उद्यमीहरुलाई समेटेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्ता कार्यक्रमहरु बागमती प्रदेशका दुरदराजका जिल्लाहरुमा पनि गर्न सके अझै प्रभावकारी हुने बताउनुहुँदै उहाँले जेन्जी आन्दोलनमा निजी क्षेत्रको उद्योग प्रतिष्ठानहरुमा भएको क्षतिले हतोत्साही बनाएको भए तापनि महिला उद्यमी दिदीबहिनीहरु निरन्तर लागि पर्नु भएकोमा धन्यवादज्ञापन गर्नुभयो । महिला उद्यमीहरुको सशक्तिकरणकालागि सरकारबाट थप लगानी हुन जरुरी रहेको बताउनुहुँदै उहाँले स्टार्ट अप बिजनेशको विषयमा पनि महिला उद्यमी दिदीबहिनीहरुलाई बुझाउन अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रमका अतिथि मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रमोद सिंह रानाभाटज्यूले वर्तमान परिस्थितिमा देश नै महिलाले हाँकिरहेको अवस्थामा महिला उद्यमीहरुले उद्यम संचालन गर्दा गरेको ईमान्दारिता प्रशंसनीय रहेको बताउनुभयो । महिला उद्यमीहरुले पाउँदै गरेको सहुलियतपूर्ण ऋण नपाईरहेको गुनासो व्यक्त गर्नुहुँदै अध्यक्ष रानाभाटज्यूले लगानीमैत्री वातावरण तयार गर्न मन्त्रीज्यूको ध्यानाकर्षण गर्नुभयो । उद्यम गर्दैगर्दा श्रमिकमा पनि ध्यान दिनुपर्ने बताउनुहुँदै सामाजिक सुरक्षा कोषको पनि उत्तिकै महत्व रहेको बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघले पनि मन्त्रालयहरुसंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको बताउनुहुँदै उहाँले आगामी दिनहरुमा पनि सहकार्यको अवसर प्रदान गर्न अनुरोध गर्नुभयो ।
सम्मेलनको पहिलो दिनको समुद्घाटन पश्चात सामाजिक सुरक्षा कोष सम्बन्धी प्रस्तुतिकरण तथा उठेका प्रश्नहरुको सवाल जवाफ कार्यक्रम आयोजना गरिएको थियो । सामाजिक सुरक्षा कोषका निर्देशक श्री उत्तमराज नेपालज्यूले सामाजिक सुरक्षा कोषको परिचय, यसबाट पाईने सेवा सुविधाहरु, यसमा सहभागी हुँदाका फाईदाहरु, हालसम्मको सामाजिक सुरक्षा कोषको गतिविधिहरु बारे जानकारी गराउनुभएको थियो । प्रस्तुतिकरण पश्चात उठेका महिला उद्यमीहरुको प्रश्नहरुको जवाफ प्रशिक्षक श्री उत्तमराज नेपालज्यूले दिनुभएको थियो । प्रस्तुतिकरण तथा सवाल जवाफ कार्यक्रम पश्चात सहभागी महिला उद्यमी दिदीबहिनीहरु मध्ये धेरै जसो सहभागी महिला उद्यमी दिदीबहिनीहरुले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने संकेत देखाएका छन् ।
सम्मेलनमा आउनुभएका उत्कृष्ट एवम् सफल महिला उद्यमी दिदीबहिनीहरुले आफ्ना सफलताका कथा एवम् अनुभव आदान प्रदान गर्ने कार्यक्रम पनि आयोजना गरिएको थियो । उत्कृष्ट एवम् सफल महिला उद्यमीहरुले आपूmले शुरुवातदेखि वर्तमान अवस्थासम्म आईपुग्दा गरेका संघर्षका कथाहरु एकआपसमा साटासाट गरेका थिए । अनुभवहरु आदान प्रदान गर्ने क्रममा महिला उद्यमीहरुका सफलताको भिडियोहरु पनि प्रदर्शन गरिएको थियो ।
सम्मेलनको दोश्रो दिन उपस्थित सबै महिला उद्यमी दिदीबहिनीहरुलाई समेटेर ६ वटा छुट्टाछुट्टै समूह बनाई महिला उद्यमीहरुले भोग्नु परेका प्रमुख समस्याहरु एवम् महिला उद्यमीहरुलाई प्रोत्साहन दिन प्रदेश सरकारले के कस्ता नीति तथा कार्यक्रमहरु ल्याउनु पर्ला भन्ने विषयमा छलफल गर्न लगाईएको थियो । छलफलपश्चात कच्चा पदार्थ अभाव, नयाँ प्रविधिको अभाव, सरकारी कार्यालयहरुमा हुने ढिलासुस्ती, लगानी गर्न पूँजीको अभाव, समयसापेक्ष सीप र तालिमको कमी लगायत विभिन्न समस्याहरु प्राप्त भएका थिए भने सुझावहरुमा सस्तो व्याजदरमा ऋणको सुविधा, निरन्तर अनुगमन, क्षमता अभिवृद्धिका लागि तालिम, भ्रमणको व्यवस्था, प्रचार प्रसार र बजारीकरणमा सहयोग, प्रविधि हस्तान्तरण, कर छुट, अर्गानिक खेती प्रोत्साहन, डिजिटल मार्केटिङ्ग तालिम जस्ता सुझावहरु प्राप्त भएका थिए । महिला उद्यमी दिदीबहिनीहरुबाट प्राप्त समस्याहरु र सुझावहरुलाई सबै प्रमुख अतिथिज्यू, अतिथिज्यूहरु माझ प्रत्येक समूहबाट २÷२ जना गरी प्रस्तुतिकरण पनि गर्न लगाईएको थियो । यसबाट उहाँहरुमा थप आत्मविश्वास बढेको पाईएको छ ।
सम्मेलनमा सामाजिक सुरक्षा कोषका निर्देशक एवम् प्रशिक्षक श्री उत्तमराज नेपालज्यूलाई प्रमुख अतिथि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठज्यूले मायाको चिनो प्रदान गर्नुभएको थियो भने कार्यक्रममा सहकार्य एवम् संयोजन गरी सहयोग गरिदिनु भएकोमा सभाध्यक्ष उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक श्री पुष्कर चन्द्र घिमिरेज्यूले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश महिला उद्यमी विकास समितिका सभापति श्री गीता अमात्यज्यूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
समापन कार्यक्रममा सहभागीहरुको तर्पmबाट मन्तव्य राख्नुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष श्री निलम बैद्यज्यूले सम्मेलन निकै नै फलदायी रहेको र आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु आयोजना हुनुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी कुटो कोदालो उद्योगका संचालक श्री सीमा पौडेलज्यूले नवप्रवर्तन उद्योगहरुलाई प्रोत्साहन दिनुपर्ने नीति ल्याउन आग्रह गर्नुहुँदै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आगामी दिनहरुमा महिला उद्यमीहरुलाई थप सशक्त बनाउने कार्यक्रमहरु ल्याउनुपर्ने कुरामा ध्यानाकर्षण गराउनु भयो ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य एवम् महिला उद्यमी विकास समितिका सभापति श्री गीता अमात्यज्यूले यसपटकको सम्मेलनमा माननीय मन्त्रीज्यू पूर्ण रुपमा दुवै दिन सम्मेलन नसकुञ्जेलसम्म सहभागी भईदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले महिला उद्यमीहरुबाट प्राप्त समस्या तथा सुझावहरुको बारेमा गम्भीर भईदिनु हुन पनि माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री कविराज खत्रीज्यूले विगतमा भन्दा अहिले महिला उद्यमीहरुलाई धेरै सुविधा प्राप्त भएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले साना तथा लघु उद्यमीहरु, महिला उद्यमीहरुको क्षमता अभिबृद्धि गर्न विभिन्न मन्त्रालयहरुसंगको सहकार्यमा विभिन्न तालिम, सम्मेलन कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको बताउनुहुँदै उद्यमीहरुलाई परेको समस्याहरुको समाधान गर्ने प्रयासमा नेपाल उद्योग वाणिज्य महासंघ सदैव लागिरहने पनि बताउनुभयो । विशेष गरी महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको गुणस्तरीय लेबलिङ्ग, प्याकेजिङ्गको अभावमा बजार पाउन गाह्रो परिरहेको सन्दर्भमा समयसापेक्ष बजारीकरण तालिम, अध्ययन अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु संचालन गर्न माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउनुभयो ।
समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठज्यूले सम्मेलन सोचे जस्तै सफल भएको बताउनुभयो । कार्यक्रम आयोजना गर्दा लक्ष्य अनुरुप कार्यक्रम आयोजना गर्न सकेकोमा आपूmलाई निकै खुशी लागेको बताउनुहुँदै उहाँले समय अनुसार महिला उद्यमीहरु पनि समयसंगै अघि बढ्न जरुरी रहेको बताउनुभयो । महिला उद्यमीहरुबाट प्राप्त सुझावहरु हेर्दा उहाँहरुलाई आपूmले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको सल्लाहकारको रुपमा देखेको बताउनुहुँदै उहाँले प्राप्त सुझावहरुलाई वर्गीकरण गरी मन्त्रालयले समाधान गर्न सकिने सुझावहरु तत्काल कार्यान्वयनमा लैजाने बताउनुभयो भने अन्तर मन्त्रालय र स्थानीय निकायहरुबाट समाधान गर्न सकिने सुझावहरुलाई आपूmले यथाशीघ्र पहल गर्ने पनि बताउनुभयो । उद्यमीहरुकै भविष्यकालागि सामाजिक सुरक्षा कोषको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुहुँदै उहाँले महिला उद्यमीहरुबाट प्राप्त सुझावहरुबाटै आगामी बजेटमा कार्यक्रमहरु ल्याईने बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक श्री पुष्कर चन्द्र घिमिरेज्यूले बामगती प्रदेश सरकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन आयोजना गरिएको बताउनुभयो । अघिल्ला वर्षहरुमा पनि यसै गरी प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन आयोजना गरिएकोमा यसपटक उत्कृष्ट एवम् सफल महिलाहरुलाई विशेष जोड दिईएको बताउनुहुँदै उहाँले कार्यक्रम संयोजन गरिदिनुभएकोमा सम्पूर्ण नेउवामहासंघ बागमती प्रदेश महिला उद्यमी विकास समिति परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
सम्मेलनकै क्रममा महिला उद्यमीहरुका आफ्ना उद्यममा कार्यरत र आफ्नै लागि पनि सामाजिक सुरक्षा कोषमा आबद्धता जनाउन सके कालान्तरमा यसले धेरै भन्दा धेरै फाईदा पुग्ने भएकोले सामाजिक सुरक्षा कोषको बारेमा जानकारी गराउने प्रयास गरिएको उहाँले बताउनभयो । साथै महिला उद्यमीहरुले भोग्नु परेका समस्याहरु बारे बुभ्mने र आगामी उद्योग वाणिज्य नीति तथा कार्यक्रमको लागि आवश्यक सुझाव पनि संकलन भएकोले सम्मेलन सफलीभूत भएको आपूmलाई लागेको बताउनुभयो । सबै महिला उद्यमी दिदीबहिनीहरुको दुई दिनसम्मको सकृय सहभागिताको लागि हार्दिक धन्यवाद व्यक्त गर्नुहुँदै सम्मेलनमा उपस्थित भई गरिमा बढाईदिनु भएकोमा सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अतिथि, संचारकर्मी मित्रहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दै सम्मेलन कार्यक्रमको समापन गर्नुभयो ।
कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका महिला उद्यमी समिति सदस्य श्री रामेश्वरी मानन्धरज्यूले संचालन गर्नुभएको थियो ।