दोलखामा साना तथा लघु उद्यमीहरुलाई २ दिने ईकमर्स तालिम प्रदान । २०८२ पौष ८ र ९ गते

दोलखामा साना तथा लघु उद्यमीहरुलाई २ दिने ईकमर्स तालिम प्रदान । २०८२ पौष ८ र ९ गते दोलखामा साना तथा लघु उद्यमीहरुलाई २ दिने ईकमर्स तालिम प्रदान ।
२०८२ पौष ८ र ९ गते

    नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको समन्वय तथा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको आयोजनामा दोलखाको चरिकोटमा २ दिने ईकमर्स तालिम प्रदान गरिएको छ । साना तथा लघु उद्यमीहरुलाई डिजिटल युगको वर्तमान अवस्थामा ई–कमर्सको माध्यमबाट उद्योग व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको साना तथा लघु उद्यमीहरुलाई ई–कमर्स सम्बन्धी तालिमको समुद्घाटन नेपाल सरकार बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठज्यूले गर्नुभएको थियो । नेपाल सरकार बागमती प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडाका निर्देशक श्री पुष्कर चन्द्र घिमिरेज्यूको सभाध्यक्षता, नेपाल सरकार बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री विन्दु श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री कविराज खत्री, कार्यकारिणी सदस्य श्री सनत थापा, श्री लक्ष्मी खनाल, दोलखा उवासंघका अध्यक्ष श्री ईन्द्र बहादुर श्रेष्ठ, जिरी उवासंघका अध्यक्ष श्री बाबुराजा श्रेष्ठ, नेउवामहासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक श्री विवेक मानन्धर, उद्योग तथा वाणिज्य कार्यालय दोलखाका प्रमुख उद्योग अधिकृत श्री भाष्कर ढुंगानाज्यू, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत श्री गोविन्दराज जोशी, माननीय मन्त्रीज्यूका स्वकीय सचिव श्री विकल श्रेष्ठ, माननीय मन्त्रीज्यूका प्रेस सल्लाहकार श्री श्रीहरि थापा, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत श्री अनुपराज दाहाल, प्रशिक्षक श्री सौरभ चालिसे, दोलखा वितरक संघका अध्यक्ष श्री राजकुमार खड्का, होटल तथा पर्यटन व्यवसायी संघ दोलखाका अध्यक्ष श्री कुमार श्रेष्ठ, महिला उद्यमी संघ दोलखाका अध्यक्ष कल्पना श्रेष्ठ, हार्डवेयर व्यवसायी संघ दोलखाका कोषाध्यक्ष प्रदिप थापाज्यूको आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहु“दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत सातौं श्री गोविन्दराज जोशीज्यूले आ.व. ०८२÷८३ को वार्षिक बजेटबाट ई–कमर्स तालिम कार्यक्रम आयोजना गरिएको बताउनुभयो । साना तथा लघु उद्यमीहरुलाई आप्mनो व्यापार व्यवसाय विस्तारको निमित्त सूचना प्रविधिको उपयोग गर्न सक्षम बनाई उनीहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्य हेतु तालिम कार्यक्रमको आयोजना गरिएको बताउनुहुँदै उहाँले हाम्रो जस्तो देशमा साना तथा लघु उद्यमीहरुले व्यापार व्यवसायमा सूचना प्रविधिको समुचित उपयोग गर्न नसक्दा विश्व बजारसंग प्रतिस्पर्धा गर्न नसकिरहेको तीतो यथार्थ हाम्रो सामू रहेको पनि उहाँले बताउनुभयो । यसैलाई मध्यनजर गर्दै यस्ता तालिम कार्यक्रमहरु निर्देशनालयले आयोजना गर्दै आईरहेको र यसले उद्यमशीलता प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको बताउनुहुँदै उहाँले उपस्थित प्रमुख अतिथि, अतिथिज्यूलगायत प्रशिक्षार्थीहरुलाई हार्दिक स्वागत गर्नुभयो ।
प्रमुख अतिथि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री माननीय विन्दु श्रेष्ठज्यूले हिजोको समय र आजको समय फरक रहेको बताउनुभयो । पहिले ग्राहक उत्पादकसम्म जानुपर्ने अवस्था थियो भने आज उत्पादक ग्राहकसम्म पुग्नुपर्ने अवस्था आएकोले अबको समयमा सूचना प्रविधिको प्रयोग गरी ग्राहकसम्म साना तथा लघु उद्यमीहरु पुग्नुपर्ने बताउनुहुँदै यो ई–कमर्स तालिमले उद्यमीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा भईरहेको यो ई–कमर्स तालिमलाई केवल तालिमको रुपमा मात्र सीमित नराखी तालिम उद्यमीहरुलाई उपलब्धिमूलक बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । नयाँ नयाँ तालिमहरु प्रदान गर्नुभन्दा पनि प्रदान गरिएका तालिमहरुलाई थप परिस्कृत तालिमहरु प्रदान गर्दा अझ प्रभावकारी हुने देखिने भएकोले सोही अनुसार अघि बढ्न जरुरी रहेको बताउनुभयो । प्रदेशभित्रका विभिन्न बस्तुहरुलाई राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आपूmल विश्वस्त रहेको बताउनुहुँदै तालिमपश्चात उद्यमीहरुले व्यवहारमा लागू गरी प्राप्त गरेको सफलताको तथ्यांक पनि संकलन गर्न निर्देशनालयलाई आग्रह गर्नुभयो । उद्यमीहरुले अनलाईन कारोबार गर्दा सचेत रहन जरुरी रहेको बताउनुहुँदै उहाँले तालिमको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो । 
त्यसैगरी अतिथि दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष श्री ईन्द्र बहादुर श्रेष्ठज्यूले दोलखा जिल्लाका साना तथा लघु उद्यमीहरुलाई दृष्टिगत गरी कार्यक्रम ल्याउन सहयोग पु¥याउनु हुने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश परिवार र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुहुँदै प्रशिक्षार्थी सबै उद्यमीहरुलाई तालिमबाट पूर्ण रुपमा आपूmले सिक्ने कोशिश गर्न आग्रह गर्नुभयो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य एवम् लघु तथा घरेलु उद्यम समितिका संयोजक श्री लक्ष्मी खनालज्यूले समितिले विगत वर्षहरुमा पनि साना तथा लघु उद्यमीहरुलाई लक्षित गरी ई–कमर्स तालिमहरु आयोजना गरिसकेको र यस वर्ष पनि निरन्तरता प्रदान गरिएको बताउनुभयो । तालिम कार्यक्रम प्रदान गरी सहयोग गर्नुभएकोमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय परिवारलाई धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले साना तथा लघु उद्यमीहरुले राष्ट्रिय देखि अन्तर्राष्ट्रिय बजारसम्म आफ्ना उत्पादनहरुको विक्री वितरणमा यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 
दोलखा उवासंघका महासचिव श्री सुरेश उप्रेतीज्यूले संचालन गर्नुभएको कार्यक्रमको उद्घाटन सत्र लगत्तै प्रशिक्षक श्री सौरभ चालिसेज्यूलाई प्mलोर हस्तान्तरण गर्नुभएको थियो । सम्मेलनको पहिलो र दोश्रो दुवै दिन अन्तरक्रियात्मक रुपमा नै पेश गरिएको प्रस्तुतिकरणहरुमा नबुझेका कुराहरुलाई प्रशिक्षार्थीहरुलाई तुरुन्तै बुझाउने कार्य गरिएको थियो भने प्रशिक्षार्थीहरुलाई थप सहज रुपमा बुझाउन विभिन्न कार्यदलहरु गठन गरी विविध कृयाकलापहरु आयोजना गरिएको थियो । प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक संगसंगै व्यावहारिक ज्ञापन प्रदान गर्दै तालिम कार्यक्रम आयोजना गरिएको थियो ।
तालिमको समापन समारोह उद्योग तथा वाणिज्य कार्यालय दोलखाका प्रमुख उद्योग अधिकृत श्री भाष्कर ढुंगानाज्यूको सभाध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री कविराज खत्री, कार्यकारिणी सदस्य श्री सनत थापा, श्री लक्ष्मी खनाल, दोलखा उवासंघका अध्यक्ष श्री ईन्द्र बहादुर श्रेष्ठ, जिरी उवासंघका अध्यक्ष श्री बाबुराज श्रेष्ठ, नेउवामहासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक श्री विवेक मानन्धर, प्रशिक्षक श्री सौरभ चालिसे, उद्योग तथा वाणिज्य कार्यालय दोलखाका लेखा प्रमुख श्री सगुन लम्सालज्यूको आतिथ्यतामा आयोजना गरिएको थियो । 
समापन कार्यक्रममा पुरुष सहभागीहरुको तर्पmबाट मन्तव्य राख्नुहुँदै प्रशिक्षार्थी पहल थामीज्यूले तालिममा धेरै कुराहरु सिक्न पाईएकोले आयोजक उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र संयोजक नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशलाई धन्यवाद व्यक्त गर्नुभयो । अल्लो उत्पादक थामीज्यूले आपूmलाई यस तालिममा सहभागी हुन पाउँदा निकै खुशी लागेको बताउनुहुँदै आर्थिक जीविकोपार्जनमा सूचना प्रविधिसंगसंगै आपूm अघि बढ्न सके निकै सहज हुने बताउनुभयो । यो तालिमले आपूmमा थप उर्जा बढेको र यस्ता कार्यक्रमहरुको निरन्तरताको लागि आग्रह गर्नुहुँदै यो तालिम अझ परिस्कृत रुपमा आए आपूmलाई थप तालिम लिन मन लागेको पनि बताउनुभयो ।
त्यसैगरी महिला सहभागीहरुको तर्पmबाट प्रशिक्षार्थी ईन्दिरा थामीज्यूले तालिमको आयोजना गर्नुभएकोमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र दोलखा उवासंघलाई धन्यवाद व्यक्त गर्नुभयो । उद्यमी व्यवसायीहरुलाई यस्ता तालिमले निकै सहयोग पुग्ने बताउनुहुँदै उहाँले तालिममा नयाँ कुराहरु सिक्न पाउँदा आगामी दिनहरुमा आप्mनो व्यवसाय प्रवद्र्धनमा निकै नै सहयोग पुग्ने आत्मविश्वास बढेको बताउनुभयो । तालिमको अवधि छोटो भएको महसुस गर्दै उहाँले यस्ता तालिमहरु सैद्धान्तिक भन्दा पनि बढी प्रयोगात्मक हुन सके अझ प्रभावकारी हुने पनि बताउनुभयो । 
समापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै जिरी उद्योग वाणिज्य संघका अध्यक्ष श्री बाबुराजा श्रेष्ठज्यूले यो तालिम विशेष गरी साना तथा लघु उद्यमीहरुलाई लक्षित गरी आयोजना गरिएकोले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो । साथै तालिम आयोजक उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र संयोजक नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य एवम् लघु तथा घरेलु उद्यम समिति संयोजक श्री लक्ष्मी खनालज्यूले यो २ दिने तालिमले प्रशिक्षार्थीहरुलाई ई–कमर्स बारे ज्ञान प्राप्त भएको र सिकेको कुरालाई व्यवहारमा पनि लागू गर्न सके आफ्नो उद्यम व्यवसाय विस्तारमा सहयोग पुग्ने बताउनुभयो । डिजिटल प्लेटफर्म निकै नै ठूलो प्लेटफर्म भएकोले यसको गहिराईमा जान सके सानो व्यवसायलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिने बताउनुभयो । आगामी दिनहरुमा पनि यस्तै तालिमहरु आयोजना गर्न यस्ता कार्यक्रमहरुले सहयोग पु¥याउने बताउनुहुँदै तालिमको उद्देश्य हासिल गर्न प्रशिक्षार्थीहरुले नतिजा आउने गरी व्यवसाय विस्तार गर्न आग्रह पनि गर्नुभयो । 
समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री कविराज खत्रीज्यूले ई–कमर्स तालिमले उद्यमी प्रशिक्षार्थीहरुलाई निकै नै फाईदा पुग्ने गरेको पाईएकोले यसलाई ३ वर्षदेखि निरन्तरता प्रदान गर्दै आएको बताउनुभयो । बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसंगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले निरन्तर सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको सन्दर्भमा आगामी दिनहरुमा पनि उद्योगी व्यवसायीहरुको हक हितमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने पनि उहाँले बताउनुभयो । अहिलेको विश्व प्रविधिमैत्री भईरहेको सन्दर्भमा परम्परागत व्यवसायमा मात्र रमेर अगाडि बढ्न नसकिने भएकोले समयसापेक्ष सबै व्यवसायले प्रविधिको समुचित उपयोग गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
उद्योग तथा वाणिज्य कार्यालय दोलखाकी उद्यम विकास सहजकर्ता श्री रेजिना खातीज्यूले संचालन गर्नुभएको समापन कार्यक्रममा धन्यवादज्ञापनसहितको समापन मन्तव्य राख्नुहुँदै सभापति उद्योग तथा वाणिज्य कार्यालय दोलखाका प्रमुख उद्योग अधिकृत श्री भाष्कर ढुंगानाज्यूले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनको लागि धन्यवादज्ञापन गर्नुभयो । शिक्षाले मात्र अब नपुग्ने बताउनुहुँदै उहाँले सीप र प्रविधि पनि संगसंगै लैजानुुपर्ने, सूचना प्रविधिलाई व्यवसायसंग जोड्नुपर्ने, ई–कमर्सको समुचित प्रयोग गर्नुपर्ने र व्यवसाय विस्तारमा लगाउनुपर्ने बताउनुभयो । उहाँले दोलखा उवासंघ, रामेछाप उवासंघ, रामेछाप नगर उवासंघ र जिरी उवासंघसंगसंगै प्रशिक्षक श्री सौरभ चालिसेज्यूलाई पनि धन्यवादज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
दोलखा उवासंघ, जिरी उवासंघ, रामेछाप उवासंघ, रामेछाप नगर उवासंघसंग समन्वय गरी ६० जना साना तथा लघु उद्यमीहरुलाई आवासीय तालिम प्रदान गरिएको हो ।