-
About Us
- Introduction
- Province Profile
- Executive Committee Members
-
Committees / Forums / Council Members
-
Committees
- Industry Commerce
- Building Construction Committee
- Tax & Revenue
- Employers Council
- Banking & Insurance
- Agriculture Development
- Trade Fairs
- Land Transport & Transit Committee
- Industry Commerce & Supplies
- Women Enterpreneurship Development
- Education, Skill Development & Training Committee
- Finance & Secretariat Management
- Disaster Management, Health & Social Development Committee
- Culture & Tourism Committee
- IT, Communication and Publication
- Cottage & Small Industry
- Startup & Innovation Committee
- Commodity Council
- Forums
-
Committees
- Secretariat Staff
- Members
- Media Room
- Publications
- Events
- Projects
- Info
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यक्रम अनुसार राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसंगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम उद्योग वाणिज्य संघ माडीको सहकार्यमा होटल प्याराडाईजको सभाहलमा सम्पन्न गरिएको छ । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, यसको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास, यसको कार्यान्वयनमा प्रदेश सरकार र निजी क्षेत्रको भूमिका र रोजगारदाता सम्बन्धी अनलाईन डाटाबेस सिष्टमको विषयहरुमाथि चर्चा गरिएको थियो । सामाजिक विकास मन्त्रालयको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजन र उद्योग वाणिज्य संघ माडीको सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव श्री विनु बज्राचार्य कुँवरज्यूले आगामी दिनहरुमा निजी क्षेत्रसंग थप सहकार्य गर्दै अघि बढ्ने र सोको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष श्री कविराज खत्रीज्यूले सामाजिक विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन हुँदा अन्ततगोत्वा निजी क्षेत्रलाई नै सहयोग पुग्ने भएकोले सबै उद्योगी व्यवसायीहरुलाई यसमा सहयोग गर्न आग्रह गर्नुभयो । सामाजिक विकास मन्त्रलयका महाशाखा प्रमुख श्री घनश्याम खनालज्यूले स्वागत मन्तव्य राख्नुभएको छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यावसायिक योग्यता प्रणाली परियोजनाका वरिष्ठ अनुगमन अधिकृत श्री सुरेन्द्र कुमार रामज्युले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको संक्षिप्त जानकारी, यसको आवश्यकता र कार्यान्वयनमा निजी क्षेत्रको भूमिका, आरपिएल प्रविधिबाट सीप परीक्षण र रोजगारीको लागि अनलाईन डाटाबेस सिष्टमको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । त्यसैगरी महाशाखा प्रमुख श्री घनश्याम खनालज्यूले प्रदेशमा TVET कार्यान्वयनको अवस्था, प्रदेश सरकारको प्राथमिकता, राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा प्रदेश सरकारले गरेका पहलहरुको विाष्यमा प्रस्तुतिकरण दिनुभएको थियो । छलफल कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका नगर प्रमुख श्री ताराकुमारी काजी महतोज्यूले सामाजिक विकास मन्त्रालयको सहयोगको प्रशंसा गर्नुभयो । माडीमा रहेको प्राविधिक शिक्षालयलाई प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका अधिकृत श्री उपेन्द्र राईज्यूले संचालन संचालन गर्नुभएको कार्यक्रममा उद्योग वाणिज्य संघ माडीका अध्यक्ष श्री रेशमलाल आचार्यज्यूले कार्यक्रमको लागि उद्योग वाणिज्य संघ माडीलाई प्राथमिकता प्रदान गर्नुभएकोमा सामाजिक विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशलाई धन्यवाद व्यक्त गर्नुभयो । छलफल कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरु महाशाखा प्रमुख घनश्याम खनालज्यू र बरिष्ठ अनुगमन अधिकृत श्री सुरेन्द्र कुमार रामज्यूले जवाफ दिनुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक श्री विवेक मानन्धरज्यू, माडी ३ का वडा अध्यक्ष पुरण महतोज्यू, उद्योग संघ माडीका उपाध्यक्ष श्री गोविन्द नेपालज्यू, उद्योग वाणिज्य संघ माडीका पदाधिकारी, कार्यसमिति सदस्य एवम् विभिन्न उद्योगी व्यवसायी र बस्तुगत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु गरी ६१ जनाको व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
