नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रेस विज्ञप्ति । २०८२ जेठ ३०

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रेस विज्ञप्ति । २०८२ जेठ ३० नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रेस विज्ञप्ति ।
२०८२ जेठ ३०
हिजो २०८२ जेठ २९ गते दिउँसो ३ बजे मकवानपुर उद्योग वाणिज्य संघका सदस्य प्रतिष्ठान हेटौंडा राप्तिरोड स्थित दास ईम्पोरियमका संचालकमाथि भएको दुव्र्यवहार र कुटपिटको घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । व्यवसायी वर्ग मुलुकको आर्थिक विकासका मेरुदण्ड हुन् । व्यवसायीहरू करदाता वा रोजगारदाता मात्र होइनन् अपितु उनीहरू समाजका उत्तरदायी नागरिक पनि हुन् । व्यवसायीहरूमाथि हुने यस्ता अमानवीय घटनाले उद्योग, व्यापार, लगानी वातावरण तथा समग्र आर्थिक स्थायित्वमाथि गम्भीर प्रश्न उठाउँछ । शान्तिपूर्ण रूपमा आफ्ना पेशागत दायित्व निभाइरहेका व्यवसायीहरूलाई शारीरिक आक्रमण गर्नु केवल व्यक्तिगत आक्रोश मात्र होईन, सम्पूर्ण उद्योग क्षेत्रमाथिको प्रहार हो भन्ने हामीले महसुस गरेका छौं । उक्त घटनाको नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश घोर भर्त्सना गर्दछ र दोषीमाथि कडा कार्वाहीको माग गर्दछ । साथै घाईते व्यवसायीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । 

दिल सुन्दर श्रेष्ठ, अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश

  Releated Attachment : 1749797138_hetauda kutpit.pdf