अध्ययन अवलोकन भ्रमणमा नेउवामहासंघ बागमती प्रदेशको सहभागिता । २०८२ जेठ २४

अध्ययन अवलोकन भ्रमणमा नेउवामहासंघ बागमती प्रदेशको सहभागिता । २०८२ जेठ २४
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन क्षेत्रमा भएको उपलब्धिहरुको अध्ययन् अवलोकन भ्रमण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको तर्फबाट पनि सहभागिता जनाईएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको अन्तर प्रदेश भ्रमण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको तर्फबाट लघु उद्यमीहरु हिरा बर्तौला, विन्दु सुवेदी र मिना उप्रेतीले सहभागिता जनाएका थिए । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशका महाशाखा प्रमुख महेशराज पौडेलज्यूको नेतृत्वमा २०८२ जेठ २१ गतेदेखि २४ गतेसम्म आयोजित भ्रमण कार्यक्रममा भ्रमण टोलीले मधेश प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयदेखि विभिन्न लघु घरेलु तथा साना उद्योगहरुको अवलोकन गरेका थिए ।