नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको ११ औं बैठक सम्पन्न । २०८२ जेठ १३

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको ११ औं बैठक सम्पन्न । २०८२ जेठ १३
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको ११ औं बैठक अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूको सभाध्यक्षतामा हेटौंडामा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सभाकक्षमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले दुई नयाँ एशोसियट सदस्यहरु के.पि.जी. ईन्टरनेशनल प्रा.लि., हेटौंडा र सर्वोत्तम प्लाष्टिक एण्ड प्रोडक्ट्स, बालाजुलाई सदस्यता प्रदान गरेको छ भने आगामी आर्थिक वर्षका लागि विभिन्न तालुकात मन्त्रालयहरुमा प्रस्तावना पेश गर्ने निर्णय पनि गरिएको छ । बैठकले नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय भवन निर्माणको लागि जग्गा खरिद गर्ने तयारी गरेको र प्रस्तावित केही जग्गाहरुमध्ये पायक पर्ने स्थान र सुपथ मूल्यमा खरिद गर्नकालागि आवश्यक कार्य अघि बढाउने पनि निर्णय गरेको छ । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदेन सदस्यज्यूहरु श्री डि.बी. बस्नेत, श्री अमरेश चन्द्र बैदार, श्री वेद बहादुर श्रेष्ठ, श्री ताराबहादुर कार्की र श्री रोशनी मैंया धौबञ्जाज्यूको पनि उपस्थिति रहेको थियो ।