पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । २०८२।०१।२२

पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । २०८२।०१।२२
बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा हेटौंडास्थित पल्पसा प्याराडाईज होटलमा पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री माननीय कुन्दन राज काफ्लेज्यूको सभाध्यक्षता, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय सुकुमाया तामाङ्गज्यूको प्रमुख आतिथ्यता एवम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूको विशेष आतिथ्यतामा आयोजित पूर्व बजेट छलफल कार्यक्रम विशेषत आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको सुझावहरु संकलन गर्ने उद्देश्यले राखिएको थियो । मोबाईल एशोसियसन अफ नेपाल बागमती प्रदेशका अध्यक्ष एसिस रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, कोषाध्यक्ष कविराज खत्री, कार्यकारिणी सदस्य जीवनकाजी माकजु श्रेष्ठ, उत्तम शर्मा ढकाल, लक्ष्मी खनाल एवम् कार्यकारिणी सदस्य तथा कीर्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्य, कार्यकारी निर्देशक विवेक मानन्धर, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, उपाध्यक्ष उज्वल चौलागाई, महासचिव प्रतिमा श्रेष्ठ, कार्यसमिति सदस्य सीतादेवी भेटवाल, दोलखा उद्योग वाणिज्य संघका सचिव प्रविण श्रेष्ठ, खैरहनी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष रामेश्वर पोखरेल, उद्योग मन्त्रीज्यूका प्रमुख सल्लाहकार तारानिधि पोखरेलज्यू लगायतले उद्योगीहरुलाई परिरहेका समस्याहरु, आगामी आर्थिक वर्षमा गरिनु पर्ने विशेष कार्यक्रमहरु, समयसापेक्ष नीति नियम ऐनहरु परिवर्तन गर्नुपर्ने विषयहरु, उद्यमीहरुलाई सहुलियत र प्रवद्र्धनका कार्यक्रमहरुको विषयमा जोड दिनुभएको थियो ।
निजी क्षेत्रको तर्पmबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रामेश्वर मानन्धर, केन्द्रीय सदस्य रोशनी मैंया धौबञ्जा र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूले आगामी बजेटले निजी क्षेत्रको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त हुने वातावरण बनाउन आग्रह गर्नुभएको थियो भने बागमती प्रदेश उद्योग सचिव बिनु बज्राचार्य कुँवर, अर्थ सचिव कृष्ण प्रसाद मैनाली, प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा. गंगादत्त नेपाल, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय सुकुमाया तामाङ्ग र आर्थिक मामिला तथा योजना मन्त्री माननीय कुन्दन राज काफ्लेज्यूले आगामी आर्थिक वर्षमा निजी क्षेत्रका सुझावहरु सम्बोधन गर्ने विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

छलफल तथा अन्तरक्रिया कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिवज्यूहरु, महाशाखा प्रमुखज्यूहरु, अधिकृतज्यूहरु एवम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारी, कार्यकारिणी सदस्यज्यूहरु, मकवानपुर, दोलखा, चितवनलगायत विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो ।