थाहाका ३० जना महिलाहरुको लागि सीप परिक्षण सुरु ! ११ फाल्गुन २०८१

थाहाका ३० जना महिलाहरुको लागि सीप परिक्षण सुरु ! ११ फाल्गुन २०८१
उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा थाहा नगरपालिकामा उद्योगको लागि चाहिने दक्ष जनशक्ति उत्पादनको लागि सीप परिक्षण कार्यक्रम सुरु भएको छ। थाहानगर उद्योग वाणिज्य संघको सभाहलमा थाहा नगरपालिका भित्र सिलाइ बुनाइ तालिम लिएका ३० जना महिला हरुको लागि सीप परिक्षण सुरु गरिएको केन्द्राध्यक्ष तथा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्रीले जानकारी दिए। सीप सिकेका तर प्रमाणपत्र नभएकाहरुको लागि उद्योग वाणिज्य संघ बागमती प्रदेशको समन्वयमा सीप परिक्षण सहित उत्कृष्ट १५ जनालाई प्रविधि हस्तान्तरण गरिने निरीक्षक तथा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरले बताउनुभयो। मानन्धरका अनुसार उत्कृष्ट १५ परिक्षार्थी हरुको निम्ति एक जना बराबर ४५ हजारको सामानहरु कल, ओभरलक मेसिन, आइरन, आइरन बोर्ड, कैँची, टेप लगायत अन्य आवश्यक सामाग्री प्रदान गरिनेछ। १०–१० जना राखेर तीन सिफ्टमा परिक्षा चलिरहेको राष्ट्रिय सीप परीक्षण समितिबाट खटाईएका मेनेजर रत्नकाजी कपालीले जानकारी दिए। उनका अनुसार ५ घण्टाको सीप परिक्षण सैद्धान्तिक तथा प्र्याक्टिकल दुबै हुने छ। परिक्षालाई राष्ट्रिय सीप परीक्षण समितिका मूल्यांकनकर्ता कामना अधिकारीले मूल्यांकन गर्नेछन्।

Recent Press Releases