पाथीभरा केबलकारका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको ध्यानाकर्षण । २०८१ माघ २२

पाथीभरा केबलकारका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ  बागमती प्रदेशको ध्यानाकर्षण । २०८१ माघ २२
 
पाथीभरा केबलकारका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ 
बागमती प्रदेशको ध्यानाकर्षण 
नेपाली अर्थतन्त्र कोभिड महामारीलगायतका कारण संकटमा परेकोमा बल्ल लयमा फर्किने प्रयास 
गरिरह अवस्थामा नेपाल सरकार र निजी क्षेत्र मिलेर पुरानैअवस्थाबाट नयाँ समृद्धिकोगन्तव्यतिर लाग्नु
पर्ने अवस्थामा निजी क्षेत्रको लगानीमा बन्न लागिरहेको केबलकार निर्माणमा भईरहके ो अवरोध प्रति यस
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । 
स्वदेश मै प्रशस्त रोजगारी सिर्जना गर्न नसकिएको कारण देशको युवा शक्ति रोजगारीकालागि बाहिरिने 
क्रम दिन प्रतिदिन बढ्दोछ । यस्तोअवस्थामा सरकारलेआर्थिक गतिशिलतामा बृिद्ध गर्नस्वदेशी तथा विदेशी
लगानी आकर्षित गर्नु आवश्यक छ र राज्यले यसलाई विशष्ो प्राथमिकतामा राख्नु पर्दछ पनि । वैदेशिक
लगानी आकर्षित गर्दै गर्दा स्वदेशी लगानीकालागि उचित वातावरण निर्माण गर्नु अर्काे आवश्यकता पनि हो 
। त्यसैले स्वदेशी लगानीकालागि मुलुकको आर्थिक विकासको इन्जिनका रुपमा रहके ो निजी क्षेत्रलाई काम
गर्ने वातावरण सरकारले निर्माण गरिदिनु पर्दछ । 
पछिल्लो समय पूर्वको पाथीभरा क्षेत्रमा विकास भएको वातावरणले हाम्रो ध्यानाकर्षण भएको छ । 
देशका कैयौँ स्थानमा पर्यटन पूर्वाधारहरुको निर्माण गरी दशौँ हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको 
तथा राजस्वका माध्यमबाट मुलुककोअर्थतन्त्रमा ठूलोयोगदान पु¥याइरहके ोनिजी क्षेत्रकोअगुवाईमा निर्माण
हुन लागेको केबलकार आयोजनाका विरुद्धमा भईरहेका क्रियाकलापहरुले पक्कै पनि देशमा लगानीको 
वातावरण बनाउने कार्यमा अड्चन ल्याउँदैछ भन्नेहाम्रोबभु mाई छ । राज्यकोनियम कानून तथा प्रणालीले 
स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीय नागरिकको भावना र चाहना बमोजिम नै निर्माणको काम 
सुरु गर्दैगर्दा उत्पन्न भएको बाह्य परिस्थितिले भोलिका दिनमा नेपालको आर्थिक विकासकालागि अत्यावश्यक 
स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश दिने छैन । अहिले पूर्वाधार निर्माण होस्
या अन्य लगानीमा होस्, त्यहाँका स्थानीयको सहभागिताको मोडल अपनाउने नै गरिएको छ । त्यसले सबैभन्दा 
बढी त प्रत्यक्ष रुपमा त्यहीँका नागरिकलाई लाभ पु¥याउने स्पष्ट छ । यसले स्थानीय उत्पादनले उचित र 
सहज बजार पाउनेछ भने त्यहाँको परम्परा, संस्कृति र सभ्यता संसारको पहुँचमा पुग्ने गरी खुला हुनेछ । 
अर्कातर्फ रोजगारीको कुरा गर्ने हो भने पनि यस्ता आयोजना तथा पूर्वाधार क्षेत्रका नागरिक नै सबैभन्दा बढी 
लाभान्वित हुनेछन् र भैरहेका छन् पनि । अहिले यातायातको पहुँचको अभावमा विकट जस्तै रहेको पाथिभरा 
क्षेत्र भोलि केबलकार संचालनपश्चात महिनामै लाखभन्दा बढी धार्मिक पर्यटक पुग्दा त्यसबाट प्रत्यक्ष मात्रामा 
बढी फाइदा पुग्ने भनेकै स्थानीयलाई नै हो । यसले भोलिका दिनमा सिंगो कोशी प्रदेश लाभान्वित हुनेछ । 
यातायातको सुविधा पुग्दा नेपालका मात्र नभएर संसार कै कुनैपनि तीर्थस्थल एवं पर्यटकीयस्थलको परम्परा 
या संस्कृति मासिनेया कसैलाई हानी पुग्नेभन्नेहुँदैन । अहिलेनैसञ्चालनमा रहके ा नेपालका तथा अन्यत्रका
यस्तै सम्पदा क्षेत्रहरुमा रहेका केबलकारको अध्ययनले पनि यो स्पष्ट हुन्छ । त्यसैले अरु कुनै पनि बहानाबाट 
विकास निर्माणका कामहरु रोकिनु हुँदैन भन्ने हाम्रो जोडदार माग छ । 
अरु जेसुकैमा आफ्ना सिद्धान्त तथा असहमतिहरु रहे तापनि विकास एवं अर्थतन्त्रको विकासका काममा 
सबै राजनीतिक दलसहित सबैको समान धारणा एवं ऐक्यबद्धता हुनुपर्दछ भन्ने हाम्रो विगतदेखि कै मान्यता 
हो र अहिले पनि हामी यसैमा विशेष जोड दिन्छौँ । स्थानीय स्तरमा कुनै समस्या देखिएको छ भने त्यसमा 
स्थानीय सरोकारवालाहरुसँग आवश्यक छलफल गरी वार्ताका माध्यमबाट समस्या समाधान गर्न सकिन्छ । 
त्यसैले पाथीभराको समस्या पनि वार्ताबाटै समाधान होस् भन्ने हाम्रो धारणा छ । सरकारले वार्ताको प्रक्रिया 
अगाडि बढाएकोमा हामी पनि उत्साहित भएका छौँ । अर्थतन्त्रकोसंकटका कारण निराशामा रहके ोमुलुकको
समग्र निजी क्षेत्रले पनि आगामी दिनमा आफ्ना व्यापार व्यवसाय प्रवद्र्धन मार्फत् स्वदेशमैरोजगारी सिजर्न ा
गरी आर्थिक समृद्धिमा योगदान दिन सक्ने गरी मनोबल उकास्ने कामकालागि राज्यको साथ, सहयोग र 
समर्थन छ भन्ने महसुस गर्ने वातावरण बनोस् भन्ने पनि हाम्रो माग हो । अस्पष्टता रहेको विषयहरुमा 
छलफल र वार्ताको माध्यमबाट सोको निरुपण गरी आयोजना निर्माण कार्य तत्काल अघि बढ्ने वातावरण 
बनाउन संघीय, प्रदेश र स्थानीय सरकार र आन्दोलनरत पक्षसंघ नेपाल उद्योग वाणिज्य महासंघ बागमती 
प्रदेश हार्दिक अपील पनि गर्दछ । 
मितिः २०८१ माघ २२ गते 
......................... 
दिल सुन्दर श्रेष्ठ 
अध्यक्ष 
नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेश 
 
Releated Attachment : 1738737553_press release pathibhara cablecar.pdf