निसन्तानपन परामर्श सम्बन्धी निःशुल्क शिविर सम्पन्न । (२०८१ पौष १८–१९)

निसन्तानपन परामर्श सम्बन्धी निःशुल्क शिविर सम्पन्न । (२०८१ पौष १८–१९)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले निसन्तानपन परामर्श सम्बन्धी २ दिने निःशुल्क शिविर हेटौंडामा आयोजना गरेको छ । नेपाल ईन्टरनेशनल फर्टिलिटी एण्ड ल्याप्रोस्कोपिक सेन्टर (माया क्लिनिक) र निको अस्पताल प्रा.लि. संगको सहकार्यमा पौष १८ र १९ गते शिविर आयोजना गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले सामाजिक उत्तरदायित्व अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको एउटा प्रमुख कारण रहेको निसन्तानपन सम्बन्धी निःशुल्क परामर्श शिविर निको अस्पतालमा आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरज्यूले बताउनुभयो । निःशुल्क शिविरमा मकवानपुरका १९ जना निसन्तानपन समस्या भएका व्यक्तिहरुले सेवा लिएको नेपाल ईन्टरनेशनल फर्टिलिटी एण्ड ल्याप्रोस्कोपिक सेन्टरका बरिष्ठ आईभिएफ विशेषज्ञ डा. रश्मी श्रीषज्यूले बताउनुभयो । निसन्तानपन समस्या भएका व्यक्तिहरुले चेकजाँच गराउन अप्ठेरो मान्ने गरेको पाईएकोले यसकोलागि जनचेतना जगाउन जरुरी रहेको नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्रीज्यूले बताउनुभयो । आगामी दिनमा आईभीएफ प्रविधिबाट सन्तान जन्माउन ईच्छुक व्यक्तिहरुलाई मकवानपुर मै सेवा प्रदान गर्ने विषयमा नेपाल ईन्टरनेशनल फर्टिलिटी एण्ड ल्याप्रोस्कोपिक सेन्टर सकारात्मक रहेको आईभिएफ विशेषज्ञ डा. समा श्रेष्ठज्यूले बताउनुभयो ।