बालश्रम अन्त्यकालागि निजी क्षेत्र सदैव सकारात्मकः नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश । (२०८१ पौष १६)

बालश्रम अन्त्यकालागि निजी क्षेत्र सदैव सकारात्मकः नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश । (२०८१ पौष १६)
बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी हेटौंडामा आयोजना भएको बालश्रम अन्त्यकालागि निजी क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा बालश्रम अन्त्यकालागि निजी क्षेत्र सदैव सकारात्मक रहेको बताईएको छ । कार्यक्रममा निजी क्षेत्रको तर्फबाट आफ्नो प्रस्तुति राख्नु हुँदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरज्यूले बालश्रम अन्त्यकालागि नेपाल उद्योग वाणिज्य महासंघ शुरुवातदेखि नै सकृय रुपमा लागिरहेको बताउनुभएको थियो । औपचारिक क्षेत्रमा बालश्रम अन्त्यकालागि नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनसंग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु संचालन गरेको र आफ्ना जिल्ला नगर उद्योग वाणिज्य संघहरुमार्पmत पनि बालश्रम अन्त्यकालागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको बताउनुभएको थियो । केन्द्र, प्रदेश र सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरुको लेटर प्याडमा “स्टप चाईल्ड लेबर” को लोगो रहेको बताउनुहुँदै उहाँले अनौपचारिक क्षेत्रमा देखिएको बालश्रम अन्त्यकालागि पनि नेपाल उद्योग वाणिज्य महासंघ सदैव प्रतिबद्ध रहेको र सबै किसिमका सहकार्यको लागि तयार रहेको बताउनुभएको थियो । 
बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री माननीय प्रेमभक्त महर्जनज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव बलराम निरौलाज्यूले बागमती प्रदेश सरकारले बालश्रम अन्त्यकालागि गरेका कृयाकलापहरुको बारेमा प्रस्तुतिकरण राख्नुभएको थियो । प्रमुख अतिथि माननीय प्रेमभक्त महर्जनज्यूले निजी क्षेत्रबाट प्राप्त सुझावहरुलाई महत्वपूर्ण रुपमा लिने र निजी क्षेत्रसंग विषयगत रुपमा छलफल गर्दै सहकार्य गरेरै अघि बढ्ने बताउनुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य विन्दु श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्रालयका विज्ञ सल्लाहकार तुलसी रिजाल, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दिपेन्द्र श्रेष्ठ, स्वतन्त्रता अभियानका कार्यालय प्रमुख रितु भट्ट राई, राष्ट्रिय बाल संरक्षण संजाल, सिविन, दिगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्च, विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।