पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न । २०८१ कार्तिक ६ गते

पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न । २०८१ कार्तिक ६ गते
विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा नेपाल धितोपत्र बोर्ड र नेउवामहासंघको समझदारी बमोजिम नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको संयुक्त सहकार्यमा पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम काठमाडौंको होटल यलो प्यागोडामा सम्पन्न गरिएको छ । पुँजी बजार, यसको आवश्यकता, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरुलगायतका विषयहरुमा नेपाल धितोपत्र बोर्डका निर्देशक रेवत श्रेष्ठ र अधिकृत कृष्ण गिरीले प्रस्तुतिकरण राख्नुभएको थियो । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्य र प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेउवामहासंघ बागमती प्रदेशका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरु, विभिन्न उद्योगी व्यवसायीहरु, जिल्ला नगर उद्योग वाणिज्य संघहरुका अध्यक्षहरु, बस्तुगत संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुसमेत गरी १५० जनाको सहभागिता रहेको थियो । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका महासचिव दुर्गाराज श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रमको समापन उपाध्यक्ष रमानाथ श्रेष्ठले गर्नुभएको थियो ।