-
About Us
- Introduction
- Province Profile
- Executive Committee Members
-
Committees / Forums / Council Members
-
Committees
- Building Construction Committee
- Tax & Revenue
- Banking & Insurance
- Employers Committee
- Agriculture Development
- Trade Fairs
- Transport
- Industry
- Commerce & Supplies
- Women Enterpreneurship Development
- Skill Development & Training Committee
- Secretariat Management
- Social Development Committee
- Tourism
- IT, Communication and Publication
- Cottage & Small Industry
- Forums
- Councils
-
Committees
- Secretariat Staff
- Members
- Media Room
- Publications
- Events
- Projects
- Info
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको लघु, घरेलु तथा साना उद्योग समितिको अनलाईन बैठक सम्पन्न गरिएको छ । समितिका सभापति लक्ष्मी खनालज्यूको सभापतित्वमा बसेको बैठकले गत वर्ष गरिएका कार्यक्रमको समिक्षा, यस वर्ष आयोजना गर्ने कार्यक्रमहरुको विषयमा छलफल र थप २ सदस्य मनोनयन गरेको छ । गत वर्ष आयोजना गरिएको कार्यक्रमहरुमा मितव्ययिता अपनाउन नसकिएको, यस वर्ष त्यस्तै कार्यक्रमहरु बागमती प्रादेशिक मन्त्रालयहरुसंगको सहकार्यमा मितव्ययिता अपनाएर आयोजना गरिने, समितिको बैठक हरेक २ महिनाको अन्तिम शुक्रवार बस्ने, लघु, घरेलु तथा साना उद्यमीहरुको बस्तुस्थिति बुझ्न असोजको पहिलो साताबाट विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुसंगको समन्वयमा भ्रमण कार्यक्रम पनि आयोजना गरिने निर्णय गरिएको छ । भ्रमण यस वर्ष धादिङ्ग, नुवाकोट, सिन्धुली, रामेछाप र दोलखा गरी ५ वटा जिल्लामा गरिने पनि निर्णय गरिएको छ ।