नेउवामहासंघ बागमती प्रदेशको महिला उद्यमी विकास समितिको बैठक आयोजना । (२०८१।०४।२४)

नेउवामहासंघ बागमती प्रदेशको महिला उद्यमी विकास समितिको बैठक आयोजना । (२०८१।०४।२४)

नेउवामहासंघ बागमती प्रदेश अन्तर्गत गठित महिला उद्यमी विकास समितिको बैठक सभापति गीता अमात्यज्यूको अध्यक्षतामा काठमाडौं स्थित होटल याक एण्ड यतिमा बसेको छ । बैठकले बृहत छलफलपश्चात यस आ.व. विभिन्न मन्त्रालय तथा निकायहरुसंगको सहकार्यमा ३ वटा महत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकसंगको सहकार्यमा महिला उद्यमीहरुलाई वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम, विभिन्न मन्त्रालय तथा निकायहरुको सहकार्यमा प्रदेशस्तरीय महिला उद्यमीहरुको प्रतियोगितासहितको उत्कृष्ट उत्पादन प्रदशर्नी र महिला उद्यमीहरुबाट उत्पादित उत्पादनहरुको लेबलिङ्ग, प्याकेजिङ्ग र बजारीकरणसहितको ई–कमर्श तालिम प्रदान गरिने कार्यक्रम रहेको सभापति अमात्यले बताउनुभएको छ । साथै आगामी दिनहरुमा समितिको बैठक बस्दा नजिकका सदस्यहरुको उद्योग वा फर्मको अवलोकन गर्ने पनि निर्णय गरिएको छ ।