सामाजिक विकास मन्त्रालयको राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम भक्तपुरमा सम्पन्न । २०८१ असार १६

सामाजिक विकास मन्त्रालयको राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम भक्तपुरमा सम्पन्न । २०८१ असार १६
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यक्रम अनुसार राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसंगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम भक्तपुर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरिएको छ । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, यसको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास, यसको कार्यान्वयनमा प्रदेश सरकार र निजी क्षेत्रको भूमिका र रोजगारदाता सम्बन्धी अनलाईन डाटाबेस सिष्टमको विषयहरुमाथि चर्चा गरिएको थियो ।  सामाजिक विकास मन्त्रालयको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजन र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेज्यूले आगामी दिनहरुमा निजी क्षेत्रसंग थप सहकार्य गर्दै अघि बढ्ने र सोको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरज्यूले सरकारले शुरु गरेको यो प्रणालीले अन्ततगोत्वा निजी क्षेत्रलाई नै सहयोग पुग्ने भएकोले सबै उद्योगी व्यवसायीहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । साथै जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सहकार्यमा यो कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयबाट सहयोगको अपेक्षा पनि गर्नुभयो । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी मैंया धौबञ्जाज्यूले स्वागत मन्तव्य राख्नुभएको छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यावसायिक योग्यता प्रणाली परियोजनाका प्राविधिक संयोजक सुक बहादुर चौधरीले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा सामाजिक विकास मन्त्रालयले गरेका प्रयासहरु, योग्यता प्रणालीको संक्षिप्त परिचय, निजी क्षेत्रको भूमिका, आरपिएल प्रविधिबाट सीप परीक्षण र रोजगारीको लागि अनलाईन डाटाबेस सिष्टमको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख खुबीराम अधिकारीज्यूले संचालन गर्नुभएको कार्यक्रमको समापन भक्तपुर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्ण मुरारी न्यौपानेज्यूले गर्नुभएको थियो । छलफल कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरु सुकबहादुर चौधरी र खुबीराम अधिकारीज्यूले जवाफ दिनुभएको थियो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य एवम् विभिन्न उद्योगी व्यवसायी र बस्तुगत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु गरी ६५ जनाको व्यवसायीहरुको उपस्थिति रहेको थियो ।