व्यावसायिक सदस्य संस्थाका रणनीति निर्माण सम्बन्धी तालिम सम्पन्न । २०८१ असार १२-१४

व्यावसायिक सदस्य संस्थाका रणनीति निर्माण सम्बन्धी तालिम सम्पन्न । २०८१ असार १२-१४
जिआईजेड ग्रेप परियोजनाको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक सदस्य संस्थाका रणनीति निर्माणकालागि सहजीकरण गर्न सहजकर्ताहरुको तालिम पोखरामा आयोजना गरेको छ । सातै प्रदेशका कार्यकारी निर्देशक र विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुका कार्यकारी प्रमुख एवम् पदाधिकारीहरुलाई लक्षित गरी सहजकर्ताहरुको तालिम आयोजना गरिएको हो । असार १२ गतेदेखि १४ गतेसम्म संचालित ३ दिने तालिममा जिआईजेड ग्रेपको तर्फबाट दिलिप गुरुङ्ग र दिप्ती खरेलले सहभागीहरुलाई सहजीकरण सम्बन्धी तालिम प्रदान गरेका थिए । तालिमको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुको कार्ययोजना गोष्ठी बनाउन र सोको अनुगमनको जिम्मेवारी प्रदेशलाई नै प्रदान गर्ने हेतुले तालिम कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्ययोजना गोष्ठी संचालन गर्दा अपनाउनु पर्ने दिशानिर्देशहरुको विषयमा तालिम केन्द्रीत रहेको थियो । पोखराको बाराही होटलमा आयोजित उक्त तालिमपश्चात सबै १९ जना सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । तालिमले आगामी दिनहरुमा कार्ययोजना गोष्ठी आयोजना गर्न आत्मविश्वास बढेको सबै प्रदेशका कार्यकारी निर्देशक र सहभागीहरुले बताएका छन् ।