दोश्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगिता सम्पन्न । २०८१ जेठ २५ र २६

दोश्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगिता सम्पन्न । २०८१ जेठ २५ र २६
अठोट नेपाल तथा नेपाल उद्याोग वाणिव्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिको आयोजनामा प्रिजेन्टिङ्ग नेपाल दोश्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौको भृकुटीमण्डप स्थित पर्यटन बोडको सभाहलमा सम्पन्न भएको कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपालको पर्यटन प्रवद्र्धनका लागि विगतका वर्षमा पनि यस प्रकारको कार्यक्रम गरेको यो संस्थाले यो पटक दोश्रो संस्करणको रुपमा सम्पन्न गरेको हो । यो पटक पहिलो दिन नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि तथा डिजिटल प्रविधिबाट नेपालको पर्यटनलाई कसरी प्रवद्र्धन गर्ने भन्ने विषयमा प्यानल डिस्कसन गरेको थियो भने दोश्रो दिन फोटोग्राफी प्रतियोगिता सम्पन्न गरिएको थियो । फोटोग्राफी अन्तर्गत फेष्टिबल÷कल्चर, नेचर÷ईन्भाईरोमेन्ट, पिपुल÷लाईफस्टाईल र वाईल्डलाईफ÷वल्र्ड गरी चार विधामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक विधाका विजेतालाई नगद ५० हजार राशि सहित प्रमाण पत्र पनि वितरण गरिएको थियो । उक्त कार्यक्रममा पर्यटन मन्त्री माननीय हितबहादुर तामाङज्यूले नेपालको पर्यटन प्रवद्र्धन गर्न डिजिटलाईजेशन जरुरी रहेको र फोटो तथा भिडियोको मुख्य भूमिका रहेको बताउनुभएको थियो । साथै यसलाई प्रवद्र्धनका लागि मन्त्रालयस्तरबाट गर्नुपर्ने सहयोग र भूमिकामा कुनै कसर नराख्ने पनि उहाँले बताउनुभएको थियो । 
यसै गरी नेपालका लागि पाकिस्तानका राजदुत महामहिम अबरार एच. हास्मीले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ गर्नमा पर्यटन तथा संस्कृतिको महत्वपूर्ण भूमिका हुने तथा यस किसिमको कार्यक्रमले अझ बढी भूमिका खेल्ने बताउनुभयो । साथै यस कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो ।
फोटो प्रतियोगितामा देशभरका करीब ४०० फोटोग्राफरहरुका १५०० फोटोहरु प्रतियोगितामा सामेल गरिएका थिए भने यो फोटोहरुबाट नै सात प्रदेशका फोटोहरु प्रदर्शनीमा राखिएका थिए । 
उक्त कार्यक्रममा पर्यटन मन्त्री माननीय हितबहादुर तामाङ, नेपालका लागि पाकिस्तानका राजदुत महामहिम अबरार एच. हास्मी, लुम्बिनी विकास कोषका सद्भावना दुत तथा एभरेष्ट म्याराथनका परिकल्पनाकार बिक्रम पाँडे काजी, नेपाल पर्यटन बोडका निर्देशक लक्ष्मण गौतम, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूलगायतले मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा पर्यटन व्यवसायी, सञ्चारकर्मी र फोटोग्राफी प्रतियोगिताका प्रतियोगीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम अठोट नेपालका अध्यक्ष देवेन्द्र सिं ठकुरीको अध्यक्षता भएको थियो भने कार्यक्रमको सयोजन नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समिति सभापति राज्यलक्ष्मी शाक्यज्यूले गर्नुभएको थियो ।