नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशमा नयाँ कार्यकारी निर्देशक

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशमा नयाँ कार्यकारी निर्देशक
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले नयाँ कार्यकारी निर्देशक पाएको छ । नेपाल उद्योग वाणिज्य महासंघबाट कार्यकारी निर्देशक पदमा हेटौंडाका विवेक मानन्धर नियुक्त भएका हुन् । मानन्धर विगत १ दशक भन्दा लामो समयदेखि मकवानपुर उद्योग वाणिज्य संघमा कार्यकारी सचिव पदमा कुशलतापूर्वक जिम्मेवारी सम्हालीसकेका व्यक्तित्व हुन् । नवनियुक्त कार्यकारी निर्देशक मानन्धरलाई बागमती प्रदेशको बैठकमा सबै कार्यसमितिले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । बैठकमा मानन्धरले बागमती प्रदेशलाई बलियो प्रदेशको रुपमा लैजान आपूmले सक्दो प्रयास गर्ने बताउनुभएको थियो । मानन्धर २०७८ चैत्र १ गतेदेखि नियुक्त भएका हुन् ।