३९० घण्टा भन्दा बढीको सिलाई कटाई तालिम सम्पन्न । (२०८१ जेठ १८)

३९० घण्टा भन्दा बढीको सिलाई कटाई तालिम सम्पन्न । (२०८१ जेठ १८)

बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको वार्षिक कार्यक्रम बमोजिम नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा ३९० घण्टा भन्दा बढी अवधिको सिलाई कटाई सम्बन्धी आवासीय तालिम थाहानगरपालिकामा सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक श्री गोविन्द सिग्देलज्यूको सभाध्यक्षता, थाहानगर पालिकाका प्रमुख श्री विष्णु बहादुर विष्टज्यूको प्रमुख आतिथ्यता, बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री राजेन्द्र कुमार के.सी.ज्यूको विशिष्ट आतिथ्यतामा ३९० घण्टा भन्दा बढी अवधिको सिलाई कटाई तालिमको समापन कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न जिल्लाका गरी १६ जना प्रशिक्षार्थीहरुलाई आवासीय रुपमा सिलाई कटाई तालिम प्रदान गरिएको हो । समापन कार्यक्रममा सबै १६ जना प्रशिक्षार्थीहरु एवम् प्रशिक्षकज्यूहरुलाई प्रमुख अतिथिज्यूले प्रमाण–पत्र वितरण गर्नुभएको थियो भने सबै प्रशिक्षार्थीहरुलाई तालिममा सकृय रुपमा सहभागी भई सफलतापूर्वक प्रशिक्षण सुसम्पन्न गरेकोमा खादा एवम् टिका लगाई सम्मान पनि गरिएको थियो । समापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि श्री विष्णु बहादुर विष्टज्यूले सबै प्रशिक्षार्थीहरुलाई उद्यमशिलता उन्मुख हुन सुझाव दिनुहुँदै सुखद भविष्यको कामना गर्नुभएको थियो । समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसाल, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयबाट सन्तोष न्यौपाने, सुमन खतिवडालगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री राजेन्द्र कुमार के.सी., थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री पुरुषोत्तम ढकाललगायतले मन्तव्य राख्नुभएको थियो ।