बागमती प्रदेशस्तरीय साना तथा लघु उद्यमीहरुलाई ई–कमर्स सम्बन्धी ३ दिने तालिम हेटौंडामा सम्पन्न !

बागमती प्रदेशस्तरीय साना तथा लघु उद्यमीहरुलाई ई–कमर्स सम्बन्धी ३ दिने तालिम हेटौंडामा सम्पन्न !
साना तथा लघु उद्यमीहरुलाई डिजिटल युगको वर्तमान अवस्थामा ई–कमर्सको माध्यमबाट उद्योग व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको बागमती प्रदेशस्तरीय साना तथा लघु उद्यमीहरुलाई ई–कमर्स सम्बन्धी ३ दिने तालिम हेटौंडामा सम्पन्न भएको छ । नेपाल सरकार बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको वार्षिक कार्यक्रम अनुसार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा आयोजित तालिम कार्यक्रमको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय प्रकाश श्रेष्ठज्यूले समुद्घाटन गर्नुभएको थियो । नेपाल सरकार बागमती प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडाका निर्देशक श्री गोविन्द सिग्देलज्यूको सभाध्यक्षता, नेपाल सरकार बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री प्रकाश श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव श्री राजेन्द्र कुमार के.सी.ज्यू र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष श्री गुणराज श्रेष्ठज्यूको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश लघु तथा घरेलु उद्योग समितिका सभापति श्री लक्ष्मी खनालज्यूले बागमती प्रदेशका १३ वटै जिल्लाका साना तथा लघु उद्यमीहरुलाई एकैथलोमा उपस्थित गराई उहाँहरुलाई ई–कमर्स सम्बन्धी तालिम प्रदान गरी व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने हेतुले मन्त्रालयसंगको सहयोगका कार्यक्रम आयोजना गरिएको र आगामी दिनहरुमा पनि मन्त्रालयबाट यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
प्रमुख अतिथि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री माननीय प्रकाश श्रेष्ठज्यूले साना तथा लघु उद्यमीहरुको व्यवसाय प्रवद्र्धनमा ई–कमर्सको महत्व बुझाउन र आर्थिक हिसाबले सबल र सक्षम बनोस् भन्ने अभिप्रायले यो कार्यक्रमको संयोजन गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशलाई धन्यवादज्ञापन गर्नुभयो । बागमती प्रदेश क्षेत्रका साना तथा लघु उद्यमीहरुले आप्mनो व्यवसाय विकासमा डिजिटल प्रविधिको महत्व बुझाउने यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आपूm ढुक्क रहेको पनि उहाँले बताउनुभयो । संघीय, प्रादेशिक र स्थानीय सरकारबीच सामञ्जस्यता नहुँदा कानूनहरु बाझिनाले उद्योगी व्यवसायीहरु झनै कमजोर हुँदै गईरहेको बताउनुहुँदै उहाँले उद्योगी व्यवसायीहरुको योगदान राज्यले नबुझेको बताउनुभयो । निजी क्षेत्रलाई उत्साहित गर्ने वातावरण सरकारबाट हुन नसकेको आपूmलाई लागेकोले निजी क्षेत्रले सरकारप्रति आशा जगाउने नीति तथा कार्यक्रमहरु ल्याउने प्रयास भईरहेको उहाँले बताउनुभयो । आगामी वर्ष यस्ता कार्यक्रमहरु थप जिल्लाहरुमा आयोजना गरिने गरी कार्यक्रम ल्याईने बताउनुहुँदै उहाँले यो कार्यक्रम त्यो प्रयासको शुरुवात भएको बताउनुभयो । आगामी वर्षका लागि उहाँले नेपाल उद्योग वाणिज्य महासघ बागमती प्रदेशसंग उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयसंग गर्ने कार्यक्रमहरुको विषयमा सुझावहरु पेश गर्न पनि आग्रह गर्नुभयो ।
त्यसैगरी विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष श्री गुणराज श्रेष्ठज्यूले राज्यले लगानी गरेका विभिन्न कार्यक्रमहरु अलपत्र परेको अवस्थामा निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न मन्त्रीज्यूको ध्यानाकर्षण गराउनुभयो । साना तथा लघु उद्यमीहरुको व्यवसाय विकासमा यी यस्ता कार्यक्रमहरु आयोजना गर्नुपर्ने र आगामी वर्ष यस्ता कार्यक्रमहरु जिल्लास्तरमा अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
सभाध्यक्ष नेपाल सरकार बागमती प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडाका निर्देशक श्री गोविन्द सिग्देलज्यूले निर्देशनालयको वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेशस्तरीय साना तथा लघु उद्यमीहरुलाई ई–कमर्स सम्बन्धी तालिमको संयोजन नेउवामहासंघ बागमती प्रदेश लघु तथा घरेलु उद्योग समितिले गर्नुभएकोमा नेउवामहासंघ बागमती प्रदेश र लघु तथा घरेलु उद्योग समिति परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । तालिममा सहभागी उद्यमीहरुले यस्ता तालिम कार्यक्रममा सहभागी हुँदा आपूmमा मात्र सीमित नराखी सबैलाई सिकाउँदै अघि बढ्नुपर्ने बताउनुहुँदै उहाँले आगामी वर्ष पनि यस्तै कार्यक्रमहरुको आयोजना गरिने बताउनुभयो । उद्योगीहरुलाई यो कार्यक्रमले आप्mनो उद्योग व्यवसाय प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा लिएको बताउनु हुँदै उद्योग व्यवसाय प्रवद्र्धनका लागि मन्त्रालयले नीति तथा कार्यक्रम बनाउने भएकोले आगामी वर्ष पनि फरक ढंगका कार्यक्रमहरु ल्याईने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले संयोजन गरेका कार्यक्रमहरु उपलब्धिमूलक भएको पाईएकोले आगामी दिनहरुमा पनि प्रदेश उद्योग वाणिज्य महासंघसंग सहकार्य गरेर कार्यक्रमहरु आयोजना गर्ने बताउनुभयो ।


तालिमको पहिलो दिनको समुद्घाटन पश्चात ४ जना प्रशिक्षकहरु सौरभ चालिसे, रोहन पौडेल, पियुष लाल श्रेष्ठ र विप्लव कार्कीले विषयसंग सम्बन्धित प्रस्तुतिकरण तीनै दिन पेश गर्नुभएको थियो । अन्तरक्रियात्मक रुपमा नै पेश गरिएको प्रस्तुतिकरणहरुमा नबुझेका कुराहरुलाई प्रशिक्षार्थीहरुलाई तुरुन्तै बुझाउने कार्य गरिएको थियो भने प्रशिक्षार्थीहरुलाई थप सहज रुपमा बुझाउन विभिन्न कार्यदलहरु गठन गरी विविध कृयाकलापहरु आयोजना गरिएको थियो । प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक संगसंगै व्यावहारिक ज्ञापन प्रदान गर्दै तालिम कार्यक्रम आयोजना गरिएको थियो ।

प्रमुख अतिथि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका माननीय प्रकाश श्रेष्ठज्यूलाई उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोविन्द सिग्देलज्यू, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष विशिष्ट अतिथि गुणराज श्रेष्ठज्यू र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य तथा लघु तथा घरेलु उद्योग समितिका संयोजक लक्ष्मी खनालज्यूले संयुक्त रुपमा मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोविन्द सिग्देलज्यूलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी संयोजक लक्ष्मी खनालज्यूले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न विशेष सहयोग पु¥याउनु हुने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, कार्यकारी निर्देशक विवेक मानन्धरज्यू र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गतको लघु तथा घरेलु उद्योग समितिका सह–संयोजक, सदस्य र आमन्त्रित सदस्यज्यू र प्रदेश महासंघका कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।

साथै कार्यक्रम समापनको समयमा प्रशिक्षकज्यूहरुलाई उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोविन्द सिग्देलज्यू, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यू र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य तथा लघु तथा घरेलु उद्योग समितिका संयोजक लक्ष्मी खनालज्यूले संयुक्त रुपमा मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम २०८१ बैशाख २७ देखि २९ सम्म बागमती प्रदेशको मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका, होटल एभोकाडो एण्ड अर्किड रिजोटमा आयोजना गरिएको थियो । 

बागमती प्रदेशका १३ वटै जिल्लाका २९ वटा जिल्ला नगर उद्योग वाणिज्य संघको समन्वयमा आउनुहुने उद्योग वाणिज्य संघका कार्यकारी सचिव÷कार्यकारी निर्देशक÷कार्यालय प्रमुख एवम् साना तथा लघु उद्यमीहरु, १३ वटै जिल्लाका उद्योग वाणिज्य कार्यालयको समन्वयमा आउनुहुने उद्यमीहरु, १३ वटै जिल्लाका नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा आउनुहुने उद्यमीहरु र मकवानपुर बहुमुखी क्याम्पसमा आईटी विषय अध्ययनरत् विद्यार्थी भाइबहिनीहरुको तालिममा उपस्थ्तिि रहेको थियो भने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुको विशिष्ट आतिथ्यता रहेको थियो । तालिम कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट महिला ५९ र पुरुष ५० गरी १०९ जना साना तथा लघु उद्यमी प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । तालिम कार्यक्रमका सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई आवासको पनि व्यवस्था गरिएको थियो ।

समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरज्यूले वर्तमान समयमा आईटी वरदानसंगसंगै अभिसाप पनि भएकाले सचेत भएर अघि बढ्न जरुरी भएको बताउनुहुँदै सहभागीहरुकै सुझाव अनुसार आगामी दिनहरुमा अझ परिस्कृत कार्यक्रमहरु आयोजना गर्दै जाने बताउनुभयो ।
समापन कार्यक्रममा सहभागीहरुको तर्पmबाट मन्तव्य राख्नुहुँदै प्रशिक्षार्थीहरु उद्योग वाणिज्य संघ खैरहनीका किरण बुर्लाकोटीज्यूले तालिममा धेरै कुराहरु सिक्न पाईएकोले आयोजक र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी पनौतीका लघु उद्यमी अञ्जु रञ्जितज्यूले तालिमबाट सिकेको कुरालाई व्यवहारमा अनिवार्य लागू गर्नुपर्ने र आगामी दिनहरुमा पनि समतामूलक सहभागिताको अपेक्षा रहेको बताउनुभयो । त्यसैगरी सिन्धुलीका साना उद्यमी बिमला थापाज्यूले तालिममा नयाँ कुराहरु सिक्न पाउँदा आगामी दिनहरुमा आप्mनो व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास बढेको बताउनुभयो । मकवानपुर बहुमुखी क्याम्पसमा आईटी विषय अध्ययनरत् प्रशिक्षार्थी सुलभ पण्डितज्यूले क्याम्पसमा भन्दा बढी व्यावहारिक ज्ञान पाईएको र डिजिटल युगमा कसरी अघि बढ्न सकिन्छ भन्ने ज्ञान अभिबृद्धि भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य तथा लघु तथा घरेलु उद्योग समिति संयोजक श्री लक्ष्मी खनालज्यूले उद्योगी व्यवसायी प्रशिक्षार्थीहरुलाई थोरै भए पनि आईटी सम्बन्धी ज्ञान प्रदान गर्न तालिम सफल भएको विश्वास व्यक्त गर्नुहुँदै सबै प्रशिक्षार्थीहरुले आप्mनो व्यवसाय विस्तारमा तालिममा सिकेका कुराहरुलाई प्रयोग गर्न आग्रह गर्नुभयो । 
प्रशिक्षकहरुको तर्पmबाट मुख्य प्रशिक्षक श्री सौरभ चालिसेज्यूले अहिलेको समय डिजिटल युगको समय भएकोले आप्mनो उद्योग व्यवसायको प्रवद्र्धन घरैमा बसेर गर्न सकिने बताउनुहुँदै उहाँले सबै क्षेत्रमा आईटीको भूमिका महत्वपूर्ण हुँदै गईरहेको बताउनुभयो ।
विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूले उद्यमीले बस्तु उत्पादन गरेर मात्र नहुने बरु सो को बजारीकरणमा पनि ध्यान दिनुपर्ने बताउनुहुँदै अबको समयमा बजारीकरणको प्रमुख माध्यम नै अनलाईन र ई–कमर्स भएको बताउनुभयो । अहिलेको ई–कमर्सको युगमा यसैलाई प्रयोग गरेर अघि बढे सफलता हासिल गर्न सकिने बताउनु हुँदै उहाँले आगामी दिनहरुमा पनि प्रदेश सरकार र निजी क्षेत्रबीच यस्तै सहकार्य गरी थप कार्यक्रमहरु आयोजना गरिने बताउनुभयो । 
समापन समारोहमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोविन्द सिग्देलज्यू, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यू र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य तथा लघु तथा घरेलु उद्योग समितिका संयोजक लक्ष्मी खनालज्यूले सबै प्रशिक्षार्थीहरुलाई खादा, प्रमाणपत्र र पेनड्राईभ संयुक्त रुपमा वितरण गर्नुभएको थियो ।