३९० घण्टा भन्दा बढी अवधिको सिलाई कटाई सम्बन्धी आवासीय तालिम शुरु ।

३९० घण्टा भन्दा बढी अवधिको सिलाई कटाई सम्बन्धी आवासीय तालिम शुरु ।

नेपाल सरकार बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको वार्षिक कार्यक्रम बमोजिम नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा ३९० घण्टा भन्दा बढी अवधिको सिलाई कटाई सम्बन्धी आवासीय तालिम थाहानगरपालिकामा शुरु भएको छ । नेपाल सरकार बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र कुमार के.सी.ज्यूको सभाध्यक्षता, थाहानगरपालिकाका उपप्रमुख भरत गोपालीज्यूको प्रमुख आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्रीज्यू एवम् थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालज्यूको विशेष आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोविन्द सिग्देलज्यूले विभिन्न जिल्लाका महिला दिदीबहिनीहरुलाई लक्षित गरी आयोजना गरिएको आवासीय तालिमले उद्यमी बन्न उत्प्रेरणा जगाओस् भन्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको र सो को संयोजन नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले गरिदिएकोमा धन्यवादज्ञापन व्यक्त गर्नुभएको थियो । व्यानर वाचन गरी उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि भरत गोपालीज्यूले तालिमको लागि थाहानगरपालिकालाई चुनिदिनु भएकोमा धन्यवादज्ञापन गर्नुहुँदै सम्पूर्ण महिला दिदीबहिनीहरुले सिकेका कुरालाई व्यवहारमा उतारेर उद्यमशिलताको विकासमा टेवा पु¥याउन आग्रह गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्रीज्यूले उद्यमशिलता विकासमा यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले आगामी दिनहरुमा पनि महासंघले विभिन्न मन्त्रालयहरुसंग समन्वय गरेर विभिन्न तालिम कार्यक्रमहरु आयोजना गर्ने बताउनुभएको थियो । थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालज्यूले तालिम कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै तालिमपश्चात प्रशिक्षार्थीहरुलाई उद्यमी बनेको देख्न चाहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरज्यूले संचालन गर्नुभएको तालिम कार्यक्रमको समुद्घाटन समारोहमा सभाध्यक्ष राजेन्द्र कुमार के.सी.ज्यूले ३९० घण्टे उक्त तालिमले प्रशिक्षार्थीहरु उद्यमी बन्नेमा विश्वस्त रहेको बताउनुहुँदै आगामी दिनहरुमा पनि मन्त्रालयबाट उद्यमशिलता विकासमा विभिन्न तालिमहरुको लागि बजेट विनियोजन गर्ने विश्वास दिलाउनुभयो । प्रशिक्षकज्यूलाई प्रशिक्षण सामग्री प्रमुख अतिथि भरत गोपालीज्यूले हस्तान्तरण गर्नुभएको थियो । प्रशिक्षणमा विभिन्न जिल्लाका गरी १६ जना महिलाहरुलाई आवासीय प्रशिक्षण दिईने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरले बताउनुभयो । कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र मान प्रधानज्यूको पनि उपस्थिति रहेको थियो । तालिम २०८० चैत्र १५ गतेदेखि २०८१ जेठ १५ गतेसम्म संचालन हुनेछ ।