सामाजिक विकास मन्त्रालयको राष्ट्रिय व्यावासायिक योग्यता प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम काभ्रेमा सम्पन्न । २०८० फागुन २७

सामाजिक विकास मन्त्रालयको राष्ट्रिय व्यावासायिक योग्यता प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम काभ्रेमा सम्पन्न । २०८० फागुन २७ सामाजिक विकास मन्त्रालयको राष्ट्रिय व्यावासायिक योग्यता प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम काभ्रेमा सम्पन्न । २०८० फागुन २७
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यक्रम अनुसार राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसंगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम काभ्रे उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरिएको छ । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, यसको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास, यसको कार्यान्वयनमा प्रदेश सरकार र निजी क्षेत्रको भूमिका र रोजगारदाता सम्बन्धी अनलाईन डाटाबेस सिष्टमको विषयहरुमाथि चर्चा गरिएको थियो । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघ, धुलिखेल उद्योग वाणिज्य संघ र पनौती उद्योग वाणिज्य संघका सदस्यहरु गरी ५५ जना उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । सामाजिक विकास मन्त्रालयको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजन, काभ्रे उद्योग वाणिज्य संघ, धुलिखेल उद्योग वाणिज्य संघ र पनौती उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव भीष्म कुमार भुसालज्यूले आगामी दिनहरुमा निजी क्षेत्रसंग थप सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य तथा सीप तथा तालिम समितिका संयोजक ग्रुवेन तौजलेज्यूले सरकार र निजी क्षेत्रको आपसी समन्वय हुन सके सरकारले पुग्न खोजेको गन्तव्य सजिलै पुग्न सकिने बताउनुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यावसायिक योग्यता प्रणाली परियोजनाका प्राविधिक संयोजक सुक बहादुर चौधरीले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा सामाजिक विकास मन्त्रालयले गरेका प्रयासहरु, योग्यता प्रणालीको संक्षिप्त परिचय, निजी क्षेत्रको भूमिका, आरपिएल प्रविधिबाट सीप परीक्षण र रोजगारीको लागि अनलाई डाटाबेस सिष्टमको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । सामाजिक विकास मन्त्रालयका सामाजिक विकास अधिकृत चन्द्र बहादुर श्रेष्ठज्यूले संचालन गर्नुभएको कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरज्यू, काभ्रे उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा पदाधिकारीज्यूहरु, पनौती उद्योग वाणिज्य संघ र धुलिखेल उद्योग वाणिज्य संघका पदाधिकारीहरु र विभिन्न बस्तुगत तथा एशोसियट संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।