सामाजिक विकास मन्त्रालयको राष्ट्रिय व्यावासायिक योग्यता प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न । 2080.11.22

सामाजिक विकास मन्त्रालयको राष्ट्रिय व्यावासायिक योग्यता प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न । 2080.11.22
पाल सरकार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यक्रम अनुसार राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसंगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सभाहलमा सम्पन्न गरिएको छ । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, यसको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास, यसको कार्यान्वयनमा प्रदेश सरकार र निजी क्षेत्रको भूमिका र रोजगारदाता सम्बन्धी अनलाईन डाटाबेस सिष्टमको विषयहरुमाथि चर्चा गरिएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका बस्तुगत तथा एशोसियट सदस्यहरु गरी ४० जना उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । सामाजिक विकास मन्त्रालयको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजन र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव भीष्म कुमार भुसाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्रीज्यूले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यावसायिक योग्यता प्रणाली परियोजनाका प्राविधिक संयोजक सुक बहादुर चौधरीले NVQS कार्यान्वयनमा सामाजिक विकास मन्त्रालयले गरेका प्रयासहरु, योग्यता प्रणालीको संक्षिप्त परिचय, निजी क्षेत्रको भूमिका, आरपिएल प्रविधिबाट सीप परीक्षण बारेमा प्रस्तुतिकरण राख्नुभएको थियो भने रोजगारीको लागि अनलाई डाटाबेस सिष्टमको विषयमा परियोजनाकै सुरेन्द्र कुमार रामज्यूले प्रस्तुतिकरण दिनुभएको थियो । सामाजिक विकास मन्त्रालयका सामाजिक विकास अधिकृत चन्द्र बहादुर श्रेष्ठज्यूले संचालन गर्नुभएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरज्यू, मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीज्यूहरु, महिला उद्यमीहरु र विभिन्न बस्तुगत र एशोसियट संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।