पर्यटन प्रवर्द्धनः सम्भावना र अवसर विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न ! 2080.11.22

पर्यटन प्रवर्द्धनः सम्भावना र अवसर विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न ! 2080.11.22
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आयोजना, कर्ण सकारात्मक सोच अभियानको संयोजन र सेन्ट जेभियर्स स्कूल जावलाखेलको सहयोगमा पर्यटन प्रवर्द्धनः सम्भावना र अवसर विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिका संयोजक राज्यलक्ष्मी शाक्यज्यूको सभापतित्व, नेपाल उद्योग वाणिज्य महासघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, कर्ण सकारात्मक सोच अभियानका संस्थापक संरक्षक कर्ण शाक्यज्यूको विशिष्ट आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । सेन्ट जेभियर्स स्कूलका ११ र १२ कक्षामा अध्ययनरत् विद्यार्थीहरुलाई लक्षित गरी पर्यटन प्रवर्द्धन, यसको सम्भावना र अवसरहरुको बारेमा प्रस्तुतिकरणसहितको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । शिक्षक र विद्यार्थीहरुसमेत गरी ३०० जना भन्दा बढी सहभागी उक्त कार्यक्रममा पर्यटन प्रवर्द्धक देवेन सिंह ठकुरी, विश्व रेकर्डधारी कल्पना महर्जन र विशिष्ट अतिथि कर्ण शाक्यज्यूले आ–आफ्नो प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो । विशेष अतिथिको रुपमा सेन्ट जेभियर्स स्कूलका प्रिन्सिपल सामुयल सिमिकज्यू हुनुहुन्थ्यो भने कार्यक्रममा स्कूलकै प्रशासन प्रमुख निरज थापाज्यूको पनि उपस्थिति रहेको थियो । कार्यक्रमका सभाध्यक्ष राज्यलक्ष्मी शाक्यज्यूले कार्यक्रमको उद्देश्यको विषयसहित स्वागत मन्तव्य राख्नुभएको थियो भने पर्यटनको सभ्मावना र अवसरहरु बारे प्रमुख अतिथि दिल सुन्दर श्रेष्ठज्यूले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रम सेन्ट जेभियर्स स्कूलको सभाहलमा आयोजना गरिएको थियो ।