नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सातौं प्रदेश सभा फागुन ११ गते हेटौंडामा हुने, कार्यकारिणी समितिको बैठकमै सचिवालय भवन निर्माणको लागि उठ्यो साढे १२ लाख रकम । २०८० पौष ९

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सातौं प्रदेश सभा फागुन ११ गते हेटौंडामा हुने, कार्यकारिणी समितिको बैठकमै सचिवालय भवन निर्माणको लागि उठ्यो साढे १२ लाख रकम । २०८० पौष ९  
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौ कार्यकारिणी समितिको बैठक आज काठमाडौं, बानेश्वरस्थित अल्फा ब्यांक्वेटमा विभिन्न निर्णयहरु गरेर सम्पन्न गरिएको छ । प्रदेश महासंघका अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूको अध्यक्षतामा बसेको बैठकले आगामी सातौं प्रदेश सभा यही फागुन ११ गते हेटौंडामा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले हेटौंडामा रहेको जग्गामा सचिवालय भवन निर्माण कार्य अघि बढाउन रकम संकलन कार्य अघि बढाएको छ । बैठकबाटै अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूबाट रु. ५ लाख, उपाध्यक्षद्वय गुणराज श्रेष्ठ र दुर्गाराज श्रेष्ठज्यूबाट जनही १ लाख ५० हजार, कार्यकारिणी सदस्यद्वय रोशनी मैंया धौबञ्जा र प्रेमहरि मैनालीज्यूबाट जनही १ लाख, नेउवामहासंघ कार्यकारिणी सदस्य तथा प्रदेश महासंघका पदेन सदस्य सविन श्रेष्ठज्यूबाट १ लाख ५० हजार, अमरेश चन्द्र बैदारज्यूबाट १ लाख गरी साढे १२ लाख रकम संकलन भएको छ । बैठकमा प्रदेश महासंघका कार्यकारिणी सदस्य रोशनी मैंया धौबञ्जाज्यू भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्ष हुनुभएकोमा, प्रदेश महासंघका कार्यकारिणी सदस्य राज्यलक्ष्मी शाक्यज्यू कीर्तिपुर उद्योग वाणिज्य संघका पुनः अध्यक्ष निर्वाचित हुनुभएकोमा, प्रदेश महासंघका कार्यकारिणी सदस्य प्रेमहरि मैनालीज्यू नेपाल वितरक संघको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा, प्रदेश महासंघका कार्यकारिणी सदस्य बिरेन्द्रनाथ भट्टराईज्यू नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको प्रथम उपाध्यक्ष हुनुभएकोमा, नेउवामहासंघका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश महासंघका पदेन सदस्य, कृषि उद्यम केन्द्रका सभापति डि.बी. बस्नेत राष्ट्रिय महासंघको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गरिएको थियो । बैठकमा जिल्ला नगर उद्योग वाणिज्य संघ संचालन गर्न आईपरेका समस्याहरु उपर विस्तृत रुपमा छलफल गरी संघहरुको आयश्रोत वृद्धिका लागि नीतिगत रुपमा कार्ययोजना बनाई अघि बढ्नुपर्ने सुझावहरु कार्यकारिणी सदस्यज्यूहरुबाट प्राप्त भएका थिए । बैठकले विविध निर्णयहरु संगै सचिवालय भवन निर्माणकालागि नेपाल उद्योग वाणिज्य संघमा रकम उपलब्ध गराउन पत्राचार गर्ने पनि निर्णय गरेको छ ।