स्वमूल्यांकन सम्बन्धी आधारभूत प्रशिक्षण प्रदान । २०८०।९।२८

स्वमूल्यांकन सम्बन्धी आधारभूत प्रशिक्षण प्रदान । २०८०।९।२८
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र पतञ्जली योग समिति काभ्रेको संयुक्त आयोजनामा बनेपामा स्वमूल्यांकन सम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य तथा सीप विकास तथा तालिम समितिका संयोजक योगाचार्य गु्रवेन तौजलेले उक्त प्रशिक्षण प्रदान गर्नुभएको थियो । ६ दिनसम्म आयोजित उक्त प्रशिक्षणमा १२८ जना प्रशिक्षार्थीहरुले प्रशिक्षण प्राप्त गर्नुभएको थियो । बनेपामा आयोजना गरिएको प्रशिक्षणमा सहभागी सबै प्रशिक्षार्थीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गत गठित सीप विकास तथा तालिम समितिका उपसंयोजक कुमार खनाल र सदस्य सोनुकुमारी झा गुभाजुको पनि उपस्थिति रहेको थियो । समितिका संयोजक तौजलेले आगामी दिनहरुमा बागमती प्रदेशका १३ वटै जिल्लाका उद्योगी व्यवसायीहरुलाई पनि स्वमूल्यांकन सम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गर्ने तयारी भईरहेको बताउनुभएको थियो ।