खैरहनी चितवनमा सामाजिक विकास मन्त्रालयको सीप परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम । २०८०।०९।२५

खैरहनी चितवनमा सामाजिक विकास मन्त्रालयको सीप परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम । २०८०।०९।२५
नेपाल सरकार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यक्रम अनुसार राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसंगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम उद्योग वाणिज्य संघ खैरहनीको सभाहलमा सम्पन्न गरिएको छ । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, यसको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास, यसको कार्यान्वयनमा प्रदेश सरकार र निजी क्षेत्रको भूमिका र रोजगारदाता सम्बन्धी अनलाईन डाटाबेस सिष्टमको विषयहरुमाथि चर्चा गरिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनी र राप्ती उवासंघबाट गरी ४० जना उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । सामाजिक विकास मन्त्रालयको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजन, उद्योग वाणिज्य संघ खैरहनी र राप्ती उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख गोपाल प्रसाद कँडेल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलले TVET कार्यान्वयनमा सामाजिक विकास मन्त्रालयले गरेका प्रयासहरु, सामाजिक विकास मन्त्रालय अन्तर्गत नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाका प्राविधिक संयोजक सुक बहादुर चौधरीले सीप परीक्षण, योग्यता प्रणालीको संक्षिप्त परिचय, निजी क्षेत्रको भूमिका, सुरेन्द्र कुमार रामले आपिएल प्रविधिबाट सीप परीक्षण र रोजगारीको लागि अनलाईन डाटाबेस सिष्टमको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेल, दुवै उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम NVQS परियोजनाका चन्द्र बहादुर श्रेष्ठले संचालन गर्नुभएको थियो ।