-
About Us
- Introduction
- Province Profile
- Executive Committee Members
-
Committees / Council
-
Committees
- Building Construction Committee
- Industry Commerce council
- Commodity Council
- Employers Council
- LED & Secretariat Management Committee
- Trade Fair Committee
- Road Transport & Transit Committee
- Skill Development & Employment Committee
- Tax & Revenue Committee
- ICT Development Committee
- Agriculture & Forest Committee
- Industry Committee
- Social Development & Disaster Management Committee
- Tourism & Air Transport Committee
- Cottage & Small Industry Committee
- Bank, Finance & Insurance Committee
- Women Enterpreneurship Development Committee
- Startup & Innovation Committee
- Education Committee
- Trade Committee
- Sports & Entertainment Committee
- Productivity & Quality Committee
- Health Committee
- Handicraft Promotion Committee
-
Committees
- Secretariat Staff
- Members
- Media Room
- Publications
- Events
- Projects
- Info
नेपाल सरकार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यक्रम अनुसार राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसंगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम ललितपुर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरिएको छ । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, यसको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास, यसको कार्यान्वयनमा प्रदेश सरकार र निजी क्षेत्रको भूमिका र रोजगारदाता सम्बन्धी अनलाईन डाटाबेस सिष्टमको विषयहरुमाथि चर्चा गरिएको थियो । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघ, महालक्ष्मी नगर उद्योग वाणिज्य संघ र गोदावरी उद्योग वाणिज्य संघबाट गरी ४० जना उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । सामाजिक विकास मन्त्रालयको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजन, ललितपुर उद्योग वाणिज्य संघ, महालक्ष्मी नगर उद्योग वाणिज्य संघ र गोदावरी उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव भिष्म कुमार भुजेल, ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मनोज बहादुर न्याछ्योंले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली परियोजनाका प्रोसेस मेनेजर प्रेम मग्रातीले सीप परीक्षण, योग्यता प्रणालीको संक्षिप्त परिचय, निजी क्षेत्रको भूमिका, नेपाल सीप परीक्षण बोर्डका बजार व्यवस्थापन तथा जनसम्पर्क ईकाइ प्रमुख निशी श्रेष्ठले आरपीएल विधिबाट सी परीक्षण र रोजगारीको लागि अनलाईन डाटाबेस सिष्टमको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धर, ललितपुर उद्योग वाणिज्य संघ, महालक्ष्मी नगर उद्योग वाणिज्य संघ र गोदावरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम NVQS परियोजनाका चन्द्र बहादुर श्रेष्ठले संचालन गर्नुभएको थियो । (२०८०।०९।२०)
