आधारभूत स्थानीय तथा क्षेत्रीय आर्थिक विकास तालिममा सहभागिता

आधारभूत स्थानीय तथा क्षेत्रीय आर्थिक विकास तालिममा सहभागिता
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य यादव दाहालले जीआईजेडद्वारा मंसिर ८ गतेदेखि ११ गतेसम्म प्रदान गरिएको तालिममा सहभागिता जनाएका छन् । सुर्खेतमा भएको ४ दिने आवासीय तालिममा सदस्य दाहालले सहभागिता जनाएका हुन् । तालिम आधारभूत स्थानीय तथा क्षेत्रीय आर्थिक विकाससंग सम्बन्धित रहेको थियो । तालिममा सबै प्रदेश उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व रहेको थियो । तालिमको अर्को दुई चरणको कार्यक्रम बाँकी नै रहेको सहभागिता जनाउनु भएका सदस्य दाहालले बताउनुभएको छ ।