नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मधेश प्रदेशबीच संयुक्त व्यावसायिक बैठक सम्पन्न । (२०८० मंसिर १३)

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मधेश प्रदेशबीच संयुक्त व्यावसायिक बैठक सम्पन्न । (२०८० मंसिर १३)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मधेश प्रदेशबीच संयुक्त व्यावसायिक बैठक सम्पन्न भएको छ । दुवै प्रदेशका अध्यक्षद्वय दिल सुन्दर श्रेष्ठ र अशोक कुमार टेमानीको संयुक्त सभापतित्व एवम् नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुर कृष्ण बैद्यको प्रमुख आतिथ्यतामा बैठक नयाँ बानेश्वर, काठमाडौंस्थित अल्फा हाउस व्यांक्वेटमा आयोजना गरिएको थियो । बैठकमा प्रमुख अतिथि सुरकृष्ण बैद्यले यस किसिमका बैठकहरुले एक प्रदेशसंग अर्को प्रदेशको सम्बन्ध थप सुदृढ हुनाका साथै एक आपसका व्यावसायिक सम्भावनाहरुको पनि ढोका खोलिने बताउनुभएको थियो । कार्यक्रममा दुवै प्रदेश अध्यक्षहरुले एक अर्काको प्रदेशका व्यावसायिक सम्भावनाहरु उजागर गर्नुभएको थियो भने सबै सहभागीहरुले एक अर्काको व्यावसायिक परिचय आदान प्रदान गर्नुभएको थियो । कार्यक्रममा नेउवामहासंघका बस्तुगत उपाध्यक्ष हेमराज ढकाल, पूर्व उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य सघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी सदस्य डि.बी. बस्नेत, सविन श्रेष्ठ, अमरेश चन्द्र बैदार, मञ्जु कुमार श्रेष्ठ कोजु, ताराबहादुर कार्की, उमेश डालमियाँ, अरुण कुमार प्रधान, केशव भण्डारी, दुवै प्रदेशका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरु, विभिन्न जिल्ला नगर उवासंघका अध्यक्ष एवम् प्रतिनिधिहरु, विभिन्न बस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा दुवै प्रदेश अध्यक्षहरुले एक आपसमा मायाको चिनो साटासाट गर्नुभएको थियो ।
Releated Attachment : 1702374405_group photo.jpg