बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको अभिमुखीकरण कार्यक्रम सम्पन्न (२०८०।०६।२४)

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको अभिमुखीकरण कार्यक्रम सम्पन्न (२०८०।०६।२४)
नेपाल सरकार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यक्रम अनुसार राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसंगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम उद्योग वाणिज्य संघ चितवनको सभाहलमा सम्पन्न गरिएको छ । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, यसको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास, यसको कार्यान्वयनमा प्रदेश सरकार र निजी क्षेत्रको भूमिका र रोजगारदाता सम्बन्धी अनलाईन डाटाबेस सिष्टमको विषयहरुमाथि चर्चा गरिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र रत्ननगर उवासंघबाट गरी ४० जना उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । सामाजिक विकास मन्त्रालयको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजन, उद्योग वाणिज्य संघ चितवन र रत्ननगर उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव भिष्म कुमार भुजेल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निर बहादुर के.सी.ले उद्योग वाणिज्य संघ चितवनको गतिविधि, सामाजिक विकास मन्त्रालय अन्तर्गत नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाका प्राविधिक संयोजक सुक बहादुर चौधरीले सीप परीक्षण, प्रणालीको संक्षिप्त परिचय, निजी क्षेत्रको भूमिका र रोजगारीको लागि अनलाईन डाटाबेस सिष्टम एवम् सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख खुबिराम अधिकारीले प्राविधिक तालिम सम्बन्धी तीनै तहको सरकारको संवैधानिक जिम्मेवारी, सामाजिक विकास मन्त्रालयले गरेका पहल एवम् प्रयासहरुको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक, उद्योग वाणिज्य संघ चितवन र रत्ननगर उवासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।  (२०८०।०६।२४)