नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको चौथो कार्यकारिणी समितिको बैठक सम्पन्न । २०८०।०६।१२

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको चौथो कार्यकारिणी समितिको बैठक सम्पन्न । २०८०।०६।१२
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको चौथो कार्यकारिणी समितिको बैठक नेपाल उद्योग वाणिज्य महासंघ टेकुमा सम्पन्न भएको छ । अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभाध्यक्षतामा बसेको बैठकमा पूर्णता पाउन बाँकी समितिहरुलाई पूर्णता प्रदान गरिएको छ भने प्रदेश महासंघ अन्तर्गत गठित समितिहरुको गतिविधिहरुको विषयमा कार्यकारिणी समितिलाई जानकारी गराइएको थियो । त्यसैगरी बैठकले विषयगत मन्त्रालयका सचिवहरुसंग मन्त्रालयहरुसंगको सहकार्यको विषयमा छलफल आयोजना गर्ने पनि निर्णय गरेको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयबाट प्रदेश महासंघको लागि प्राप्त जग्गामा भवन निर्माणका लागि नक्सा एवम् ईष्टिमेटलगायतका कार्यहरु सम्पन्न भईसकेको र आगामी चरणमा जग्गामा भवन बनाउने कार्य अघि बढाउनु अघि मन्त्रीस्तरीय क्याबिनेट बैठकबाट लिजमा लिने कार्य अघि बढाएर मात्रै अघि बढ्ने पनि निर्णय गरिएको छ । वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्याहरु समाधानका लागि केन्द्रीय महासंघमा घच्घच्याउने निर्णय पनि गरिएको छ । त्यसैगरी चीनको अध्ययन अवलोकन भ्रमण टोलीका सदस्य रमेश रत्न तुलाधरको असामयिक निधनप्रति शोक प्रस्ताव पास गरिएको छ ।