नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र बागमती प्रदेश उद्योग वाणिज्य महासंघ बीच छलफल सम्पन्न । (२०८०।०६।१२)

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र बागमती प्रदेश उद्योग वाणिज्य महासंघ बीच छलफल सम्पन्न । (२०८०।०६।१२)
नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र बागमती प्रदेश उद्योग वाणिज्य महासंघ बीच विविध विषयहरुमा छलफल भएको छ । नेउवामहासंघका का.वा. अध्यक्ष अञ्जन श्रेष्ठको विशेष उपस्थितिमा आयोजित छलफल कार्यक्रम विशेषत एक गाउँ एक उत्पादन कार्यक्रम निर्देशिका २०८०को मस्यौदा उपर केन्द्रित रहेको थियो । प्रदेशका सबै जिल्ला नगर उवासंघहरु मार्फत विगतमा भैंm एक गाउँ एक उत्पादन कार्यक्रम संचालन गर्ने अभिप्रायले छलफल राखिएको नेउवामहासंघ कृषि उद्यम केन्द्रका सभापति डि.बी. बस्नेतले बताउनुभयो । कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा केन्द्रका प्रमुख कार्यकारी अधिकृत दिनेश पराजुलीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । बागमती प्रदेश उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरु, कृषि उद्यम समिति र उद्योग समितिका सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा कृषि उद्यम केन्द्रका बरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठले निर्देशिकाको मस्यौदा उपर प्रस्तुतिकरण दिनुभएको थियो भने कृषि क्षेत्रमा प्राप्त केन्द्रीय र प्रादेशिक बजेटको विषयहरुमा कृषि उद्यम केन्द्रका व्यवसाय विकास अधिकृत बालकृष्ण दाहालले प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रममा बागमती प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष दिलसुन्दर श्रेष्ठले देश आत्मनिर्भर बनाउने सशक्त माध्यम नै कृषि भएको बताउनुहुँदै कृषि उद्यम केन्द्र र प्रादेशिक मन्त्रालयहरुसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका का.वा. अध्यक्ष अञ्जन श्रेष्ठले कृषि उद्यम केन्द्रले गरेको नयाँ शुरुवातको लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले एक गाउँ एक उत्पादन कार्यक्रम नेउवामहासंघको एउटा ब्राण्ड बनिसकेको अवस्थामा एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत स्थापना भएका उद्योगहरु संचालन हुन नसक्नु दुखद भएको बताउनुहुँदै आर्थिक अनुशासन कायम रहेको खण्डमा कुनै पनि उद्योग व्यवसाय पलायन हुन नपर्ने बताउनुभयो । संघहरुले समाजको रुपान्तरणमा पनि सहयोग गर्नुपर्ने बताउनुहुँदै उहाँले हरेक प्रदेशमा कृषि उद्यम केन्द्रको युनिट स्थापना गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेश उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य जीवनकाजी माकजु श्रेष्ठ, राजन कार्की, गीता अमात्य, राज्यलक्ष्मी शाक्य, यादव दाहाल, कार्यकारी निर्देशक विवेक मानन्धरले संस्थागत विकास, बजारीकरण, स्थानीय निकायको उपेक्षा, वितरणमुखी बजेट, समन्वयको कमीलगायतको विषयमा आ–आप्mनो जिज्ञासाहरु राख्नुभएको थियो । कृषि उद्यम केन्द्रका प्रशासन तथा लेखा अधिकृत सुरज पौडेलले संचालन गर्नुभएको कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति डि.बी. बस्नेतले सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।