नेउवामहासंघ बागमती प्रदेशका सदस्य व्यवसायीहरु चीन भ्रमणमा  । (२०८०।०५।२९)

नेउवामहासंघ बागमती प्रदेशका सदस्य व्यवसायीहरु चीन भ्रमणमा  । (२०८०।०५।२९)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सदस्य व्यवसायीहरु चीन भ्रमणमा जाने भएका छन् । चाईना ट्रेड प्रमोसन सेन्टरको आमन्त्रण र नेपाल ट्रेड प्रमोसन सेन्टरको संयोजनमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका व्यवसायी साथीहरुसहितको  १० दिनको चीन भ्रमणमा जान लागेका हुन् । भ्रमणको सफलताको शुभकामना दिन आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले आज भक्तपुरस्थित होटल हेरिटेजमा सबै सहभागीहरुलाई भ्रमणको सफलताको शुभकामना दिनुभएको छ । उद्योगी व्यवसायीहरुको क्षमता विकास तथा ज्ञान अभिबृद्धि संगसंगै व्यावसायिक कृयाकलापको अवसर प्रदान गर्न प्राप्त हुने यस्ता भ्रमण कार्यक्रमहरुमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आवश्यक समन्वय र सहजीकरण गर्दै आईरहेको छ । टोलीले यही भाद्र ३१ गतेदेखि असोज ९ गतेसम्म हुने भ्रमण कार्यक्रममा चीनको छेङ्दु, बेईजिङ्ग र सिन्ताई शहरहरुको अवलोकन गर्नेछन् ।