नेपाल उद्योग वाणिज्य महासंघबाट सबै प्रदेशलाई लेखा सम्बन्धी अनलाईन तालिम प्रदान (२०८० असार २८)

नेपाल उद्योग वाणिज्य महासंघबाट सबै प्रदेशलाई लेखा सम्बन्धी अनलाईन तालिम प्रदान (२०८० असार २८)
नेपाल उद्योग वाणिज्य महासंघबाट सबै प्रदेशलाई आ.व. २०८०।८१ बाट अनिवार्य लागू गर्ने गरी नयाँ लेखा सम्बन्धी सफ्टवेयर प्रयोग गर्ने तालिम प्रदान गरिएको छ । नयाँ आ.व. को पूर्वसन्ध्यामा सबै सात प्रदेश उद्योग वाणिज्य महासंघलाई तालिम प्रदान गरिएको हो । प्रादेशिक कार्यालयहरुमा लेखा प्रणालीलाई एकरुपता प्रदान गर्ने हेतुले दिईएको तालिमको सहजीकरण नेपाल उद्योग वाणिज्य महासंघका सह निर्देशक परशुराम नेपालले गर्नुभएको थियो । जुम मार्फत प्रदान गरिएको तालिम कार्यक्रममा सातै प्रदेशका कार्यकारी निर्देशकहरु र लेखा हेर्ने कर्मचारीहरुको उपस्थिति रहेको थियो भने नेउवामहासंघको तर्फबाट प्रमुख वित्त अधिकृत ब्रजेश वर्मा, निर्देशक सूर्य राज पौडेल र उप निर्देशक विकास बज्राचार्यको उपस्थिति रहेको थियो । बागमती प्रदेशबाट तालिममा कार्यकारी निर्देशक विवेक मानन्धर र कार्यालय सहायक श्रृष्टि पुडासैनीले सहभागिता जनाउनुभएको थियो ।