विभिन्न जिल्लामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

विभिन्न जिल्लामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
नेपाल सरकार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यक्रम अनुसार राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसंगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा सम्पन्न गरिएको छ । राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, यसको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास, यसको कार्यान्वयनमा प्रदेश सरकार र निजी क्षेत्रको भूमिका र रोजगारदाता सम्बन्धी अनलाईन डाटाबेस सिष्टमको विषयहरुमाथि चर्चा गरिएको उक्त कार्यक्रमहरु क्रमशः असार ३ गते दोलखा उद्योग वाणिज्य संघ, असार ४ गते रामेछाप उद्योग वाणिज्य संघ, असार १४ गते नुवाकोट उद्योग वाणिज्य संघ र असार १५ गते सिन्धुपाल्चोक उद्योग वाणिज्य संघसंग समन्वय गरी सम्बन्धित जिल्लाका उद्योगी व्यवसायीहरुलाई समेटी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनी, अधिकृत रनमाया फ्याक, सुक चौधरी, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरु, सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा कार्यकारी प्रमुखहरुको उपस्थिति रहेको थियो । अभिमुखीकरण कार्यक्रम सबै जिल्लाको गरी करिब १५० जना उद्योगी व्यवसायीहरुलाई लक्षित गरी आयोजना गरिएको थियो ।