नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिलाई भक्तपुर पर्यटन विकास समितिको स्वागत (२०८० जेठ ३०)

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिलाई भक्तपुर पर्यटन विकास समितिको स्वागत (२०८० जेठ ३०) नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिलाई भक्तपुर पर्यटन विकास समितिको स्वागत (२०८० जेठ ३०)

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिलाई भक्तपुर पर्यटन विकास समितिले स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ । भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेश राज शर्मा र समिति सदस्य रीता सुवालले बागमती प्रदेश पर्यटन विकास समितिलाई टिका, कोखा र सगुन प्रदान गरी स्वागत गर्नुभएको थियो । स्वागत तथा छलफल कार्यक्रममा दुवै संस्थाले र नेपाल सरकारसंग मिलेर पर्यटनको विकासमा सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको थियो । विशेष गरी जिल्लागत चिनारीको ब्राण्डिङ्ग, बस्तुको विविधिकरण र बजारीकरण, कोसेली घर, फ्यामिली स्टे कार्यक्रमको प्रवद्र्धन, बागमती प्रदेशको सबै जिल्लाको पर्यटकीय टुरिष्ट गाईड बुक प्रकाशन जस्ता विषयमा छलफल विशेष रुपमा केन्द्रित रहेको थियो । स्वागत तथा परिचयात्मक कार्यक्रममा बागमती प्रदेश पर्यटन विकास समितिका सभापति राज्यलक्ष्मी शाक्य, उपसभापति राम सुन्दर भेले, सदस्य आपुलाल अवाले, जुलिया माकजु श्रेष्ठ, निला कुमार श्रेष्ठ, नेउवामहासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धर, भक्तपुर पर्यटन विकास समिति सदस्य अल्बर्ट बज्राचार्य र विशेष सल्लाहकार राधेश्याम मालाकारको उपस्थिति रहेको थियो ।
स्वागत तथा छलफल कार्यक्रम पश्चात बसेको पर्यटन विकास समितिको बैठकले यही असार ८ गते नुवाकोट जिल्लाको ऐतिहासिक, पर्यटकीय, धार्मिक क्षेत्रहरुको संरक्षण संवद्र्धनका लागि उक्त क्षेत्रको अवलोकन भ्रमण गर्ने र असार १५ गते सूर्यविनायकमा हुन गईरहेको पर्यटन सम्बन्धी महोत्सवको अवसरमा सोही स्थानमा आगामी बैठक तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ भने प्रादेशिक टुरिष्ट गाईड बुकको प्रकाशनको पूर्व तयारी गर्ने पनि निर्णय गरिएको छ । Releated Attachment : 1687418479_WhatsApp Image 2023-06-22 at 12.38.22.jpeg