नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय स्थानान्तरण ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय स्थानान्तरण ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय हेटौंडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर नजिकै स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको सचिवालयमा अध्यक्षको कार्यकक्ष, कार्यकारी निर्देशकको कार्यकक्ष, स्टोर, अतिथि गृह, रिसेप्सन र एउटा सभाहल रहेको छ । सचिवालय व्यवस्थित रुपमा स्थापना गरिएको सचिवालय व्यवस्थापन समितिका संयोजक उत्तम शर्मा ढकालले बताउनुभयो । प्रदेश महासंघको सचिवालय यस अघि मकवानपुर उद्योग वाणिज्य संघको भवनको २ वटा कोठामा सीमित रहेको थियो ।