आ.व. २०८०÷०८१ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रम सम्पन्न

आ.व. २०८०÷०८१ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आयोजनामा आ.व. २०८०÷८१ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभाध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निजी क्षेत्रसंगको समस्या आपूmले लामो समयदेखि बुभ्mदै आएको र हरसम्भव समाधानमा सदैव लागिपरेको बताउनुभयो । उद्योगी व्यवसायीहरुको जायज मागहरु बजेटमा सम्बोधन गर्न आपूm कटिबद्ध रहने पनि बताउनुभयो । आर्थिक समृद्धिकालागि उद्योग, व्यापार, कृषि, पर्यटन, जलश्रोत, हस्तकला जस्ता सबै क्षेत्रमा निजी क्षेत्रको साथ लिएर अघि बढ्नुको विकल्प नरहेको बताउनुहुँदै अब कागजका परियोजनाहरुलाई सहन नसकिने बताउनुभयो । आपूmसंग भएका श्रोत साधनहरुको प्रयोग गरी यथासक्य छिटो देश सबै कुरामा आत्मनिर्भर बनाउन सबैको साथ, सहकार्य र सहयोगको अपेक्षा पनि राख्नुभयो ।
आगामी बजेटमा निजी क्षेत्रको धारणा पेश गर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु हुँदै स्वागत मन्तव्य राख्नुभएका अध्यक्ष श्रेष्ठले ती धारणाहरुमाथि आगामी बजेटमा सम्बोधन हुने अपेक्षा गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा आप्mनो मन्तव्य राख्नुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले अब बजेट छर्ने हिसाबले भन्दा पनि ठोस देखिने हिसाबले छुट्ट्याईने बताउनुभयो । राजस्व संकलन विगतमा भन्दा कम भएको बताउनुहुँदै उहाँले बजेटमा सक्दो निजी क्षेत्रका धारणाहरु समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले निजी क्षेत्रका समस्याहरु प्रादेशिक बजेटमा सम्बोधन हुन सके सरकार र निजी क्षेत्रको आपसी सहकार्यमा आर्थिक उन्नतिमा धेरै अघि बढ्न सकिने बताउनुभयो । आगामी वर्ष व्यवसायीहरुलाई लक्षित गरी १५००० युवाहरुलाई तालिम प्रदान गर्न चाहेको बताउनुहुँदै तालिम तथा रोजगारको लागि निजी क्षेत्र सरकारसंग ७७ वटै जिल्लामा उद्योग वाणिज्य संघहरु मार्पmत हातेमालो गरेर अघि बढ्न चाहेको पनि बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कर, राजस्व, भन्सार, कृषि, पर्यटन, उद्योग, सहकारी, श्रम, रोजगार, यातायात, औद्योगिक क्षेत्रका धारणाहरुमाथि प्रस्तुतिकरण नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सविन श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, सांसद श्रीराम लामिछाने, सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीलगायतले निजी क्षेत्रका धारणा उपर आप्mनो विचारहरु राख्नुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले संचालन गर्नुभएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष दुर्गाराज श्रेष्ठले धन्यवादज्ञापन सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, सांसद सुना कर्ण, कञ्चन वादे श्रेष्ठ, नेउवामहासंघका केन्द्रीय कार्यकारिणी सदस्यहरु, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी समिति पदाधिकारी तथा सदस्यहरु, विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्यहरु, बस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।