बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको अभिमुखीकरण कार्यक्रम सम्पन्न (२०८० बैशाख २२)

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको अभिमुखीकरण कार्यक्रम सम्पन्न (२०८० बैशाख २२)
नेपाल सरकार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत कार्यालयवयनमा रहेको राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यक्रम अनुसार राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसंगको सहकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम काठमाडौंस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सम्पन्न गरिएको छ । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, यसको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास, यसको कार्यान्वयनमा प्रदेश सरकार र निजी क्षेत्रको भूमिका र रोजगारदाता सम्बन्धी अनलाईन डाटाबेस सिष्टमको विषयहरुमाथि चर्चा गरिएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, चन्द्रागिरी नगर उद्योग वाणिज्य संघ र कीर्तिपुर नगर उद्योग वाणिज्य संघबाट गरी करिब ७० जना उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनी, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, कार्यकारिणी सदस्य जीवनकाजी माकजु श्रेष्ठ, कार्यकारिणी सदस्य एवम् चन्द्रागिरी नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।