नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पदस्थापना कार्यक्रम भव्य रुपमा सम्पन्न (2080//01/16)

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पदस्थापना कार्यक्रम भव्य रुपमा सम्पन्न (2080//01/16)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पदस्थापना कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नवनिर्वाचित अध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूको सभाध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकालज्यूको प्रमुख आतिथ्यतामा आयोजना गरिएको पदस्थापना कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रदेशका सबै नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुलाई खादा, प्रमाण पत्र वितरण तथा शपथग्रहण गराउनु भएको थियो । पदस्थापना कार्यक्रमकै अवसर पारेर नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीज्यूहरु र बागमती प्रदेशबाट निर्वाचित कार्यकारिणी सदस्यज्यूहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासहित बधाई पत्र प्रदान गरिएको थियो । सभाध्यक्ष दिल सुन्दर श्रेष्ठज्यूले स्वागत मन्तव्य राख्नु भएको पदस्थापना कार्यक्रममा नेउवामहासंघका कार्यकारिणी सदस्य एवम् कृषि उद्यम केन्द्रका सभापति डि.बी. बस्नेत, मधेश प्रदेशका अध्यक्ष अशोक कुमार अग्रवाल टेमानी, नेउवामहासंघ उपाध्यक्षत्रय ज्योत्सना श्रेष्ठ, हेमराज ढकाल, सुरकृष्ण वैद्य, बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो । पदस्थापना कार्यक्रममा वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्याहरु, बैंक व्याज वृद्धि, जिल्ला नगर उद्योग वाणिज्य संघहरुको संस्थागत विकासलगायतका विषयहरुमाथि चर्चा पनि गरिएको थियो । नेउवामहासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठज्यूले संचालन गर्नुभएको पदस्थापना कार्यक्रमको समापन उपाध्यक्ष गुणराज श्रेष्ठज्यूले धन्यवादज्ञापनसहित गर्नुभएको थियो ।