बागमती प्रदेशको छैठौं प्रदेश सभा भव्यतापूर्वक सम्पन्न । (२०७९ फागुन २४ र २५ गते)

बागमती प्रदेशको छैठौं प्रदेश सभा भव्यतापूर्वक सम्पन्न । (२०७९ फागुन २४ र २५ गते)
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौं प्रदेश सभा तथा अधिवेशन हेटौंडामा भव्यतापूर्वक सम्पन्न भएको छ । प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभाध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षत्रय दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाज्यूको विशेष आतिथ्यतामा छैठौं प्रदेश सभा आयोजना गरिएको हो ।
    “राष्ट्र अहिले संवेदनशील अवस्थामा छ र नेपाल उद्योग वाणिज्य महासंघ सदैव निजी क्षेत्रको आवाज बुलन्द बनाउन लागि परिरहनेछ” प्रमुख अतिथि ढकालले बताउनुभयो । बैंकको तरलता अभावका कारण बैंक व्याज बृद्धि हुन गएको बताउनुहुँदै प्रमुख अतिथि ढकालले यस विषयमा नेपाल राष्ट्र बैंकसंग निरन्तर छलफल भईरहेको र विस्तारै सकारात्मक दिशाउन्मुख जाने विश्वास रहेको बताउनुभयो । व्याज एकल अंकमा ल्याउन निरन्तर प्रयासरत् रहेको बताउनुहुँदै उहाँले सोही प्रयासअनुरुप बैंकहरुले हाल ०.७५ प्रतिशत भन्दा बढी प्रिमियम लिन नपाईने बनाईएको पनि बताउनुभएको थियो ।
सभामा स्वागत मन्तव्य राख्नुहँुदै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष तथा प्रदेश सभाका सभापति दिल सुन्दर श्रेष्ठले कोभिड १९ ले थलिएको आर्थिक क्षेत्र विस्तारै अघि बढ्न थालेकोमा व्यवसायमैत्री नीतिको अभावले निजी क्षेत्र प्रताडित हुनुपरेको बताउनुभयो । बैंक व्याज बृद्धि, औद्योगिक क्षेत्रका जग्गाको अस्वाभाविक भाडा बृद्धि, कर सम्बन्धी विविध समस्याहरु लगायतका कारण निजी क्षेत्र धर्मराउँदो स्थितिमा रहेको बताउनुभयो । प्रदेश महासंघको सचिवालय भवन निर्माणकालागि सबैको सहयोग प्राप्त हुने अपेक्षा राख्नुहुँदै अध्यक्ष श्रेष्ठले समयसापेक्ष नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश महासंघको विधान संशोधन हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । जिल्ला नगर उवासंघको स्तरवृद्धिको लागि नेपाल उद्योग वाणिज्य महासंघले छुट्टै कोष बनाई अघि बढ्नु जरुरी रहेको बताउनुहुँदै उहाँले प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अतिथिलगायत उपस्थित सम्पूर्णलाई हार्दिक स्वागत गर्नुभएको थियो ।
शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौं प्रदेश सभाको सफलताको कामनासहित हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष जुना दाहालले नेउवामहासंघ बागमती प्रदेशको सचिवालय आफ्नै वडामा रहेकोले खुशी व्यक्त गर्नुहुँदै बागमती प्रदेशलाई अघि बढाउन वडाबाट पनि पूर्ण सहयोग रहने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य अरुणराज सुमार्गीले अहिलेको विषम परिस्थितिमा उद्योगी व्यवसायीहरुले आत्महत्या, आत्मदाह गर्न बाध्य हुनुपर्ने स्थिति आउन नदिन सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका सचिव रामशरण सापकोटाले सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको र दुवै पक्षको जीत जीत अवधारणा अनुसार अघि बढ्नु जरुरी रहेको बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले बागमती प्रदेशको राजधानीलाई अझ राम्रो बनाउन सबैको सहयोग जरुरी रहेको र उद्योगी व्यवसायीको हक हितमा उपमहानगरपालिका सदैव साथ रहने बताउनुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवम् मानार्थ सदस्य किशोर प्रधानले नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीहरुको पीरमर्कालाई आफ्नो सम्झेर अघि बढ्नुपर्ने सुझाउनुहुँदै प्रदेश सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका एशोसियट उपाध्यक्ष रामचन्द्र संघईले शोधानान्तर घाटा, वर्तमान बैंक व्याज बृद्धि समस्यालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराईएको र छिट्टै समस्या समाधान हुनेमा आशावादी हुन आग्रह गर्नुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अहिले राष्ट्रले भोग्नु परिरहेको विविध समस्या उद्योगी व्यवसायीहरुद्वारा सिर्जित नभएको र उद्योगी व्यवसायी आर्थिक मन्दीबाट उठ्दै गरेको अवस्थामा व्याज दर बृद्धिले थप आक्रान्त भएको बताउनुभयो । राष्ट्र बैंकले परिसूचक राम्रो देखाउँदै गरेको अवस्थामा व्याज बृद्धि हुनु निश्चय नै दुःखद रहेको र यसको लागि अब उद्योगी व्यवसायीहरु नै जाग्नु पर्ने पनि बताउनुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको समस्या समाधानमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदा पनि समाधान नभए निजी क्षेत्र एक भई विरोधका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आग्रह गर्दै उहाँले राष्ट्रको विकासमा निजी क्षेत्रको योगदानलाई नबिर्सन पनि आग्रह गर्नुभएको थियो ।
छैठौं प्रदेश सभाको अवसमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय स्थापनाको लागि स्थान एवम् अन्य पूर्वाधार उपलब्ध गराई सचिवालय व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरी सहयोग पु¥याईदिनु भएकोमा मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडालाई सम्मान–पत्रद्वारा सम्मानित गरिएको थियो । सम्मान–पत्र प्रमुख अतिथि चन्द्र प्रसाद ढकालबाट मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्तालाई प्रदान गरिएको थियो ।
    साथै नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको तेश्रो प्रदेश सभाबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यकारिणी सदस्यहरु एवम् सम्पूर्ण पदेन सदस्यहरुलाई प्रदेश महासंघको कृयाकलापहरुमा सकृय सहभागी भई कार्यकाल सफल बनाउन सहयोग गरिदिनु भएकोमा अध्यक्ष  श्रेष्ठले प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।
प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सम्पूर्ण पदाधिकारी तथा कार्यकारिणी सदस्यज्यूहरुको तर्पmबाट अध्यक्ष अध्यक्ष दिल सुन्दर श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
समुद्घाटन सत्रको अन्त्यमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले छैठौं प्रदेश सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, विभिन्न जिल्ला नगर उवासंघका अध्यक्ष र प्रतिनिधिज्यूहरु, विभिन्न बस्तुगत संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, एशोसियट संस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, पर्यवेक्षकज्यूहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, कर्मचारीहरु, सचारकर्मी मित्रहरुलाई बागमती प्रदेश महासंघको आमन्त्रणलाई स्वीकार गरी सभाको गरिमा बढाईदिनुभएकोमा हार्दिक धन्यवादज्ञापन गर्नुभएको थियो । दिउँसो ३ बजे शुरु भई साँझ ६ः१५ वजे सम्पन्न भएको सभाको संचालन नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठले गर्नुभएको थियो । 
समुद्घाटन सत्रपश्चात अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभाध्यक्षतामा बसेको बन्द सत्रमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले वर्षभरि आयोजना गरेका कार्यक्रम तथा गतिविधिहरु समेटिएर तयार गरिएको प्रतिवेदन प्रस्तुत गरियो र सर्वसम्मत अनुमोदन गरिएको थियो भने कोषाध्यक्ष गुणराज श्रेष्ठले आ.व. २०७८।७९ को आम्दानीतर्पm रु. ४२,४२,८४४।९४ पैसा र खर्चतर्पm रु. ३६,११,९२१।३५ पैसाको आय व्यय विवरण पेश गर्नुभएकोमा सर्वसम्मत अनुमोदन गरिएको थियो । त्यसैगरी आन्तरिक लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा बि.पि. न्यौपाने एण्ड एशोसियट्सलाई रु. १५,०००।– .(पन्ध्र हजार मात्र) प्रदान गर्ने निर्णय गरिएको थियो ।
छैठौं प्रदेश सभामा विचारार्थ प्रस्तुत प्रस्तावहरुमा नमोबुद्ध उद्योग वाणिज्य संघबाट नयाँ व्यवसाय दर्ता गर्दा उद्योग वाणिज्य संघको सिफारिश अनिवार्य गर्न पहन गर्नुपर्ने प्रस्ताव प्राप्त भएकोमा उक्त प्रस्ताव सम्बन्धित निकायमा पेश गर्ने निर्णयसहित अनुमोदन गरियो । साथै प्रदेशको विधानमा प्रदेशको राजधानीस्थित उद्योग वाणिज्य संघको १ (एक) जना पदेन सदस्य हुने व्यवस्था राखिनु पर्ने प्रस्ताव आगामी विधान संशोधन गर्दा राख्न पहल गर्ने निर्णय गरियो ।
बन्द सत्रको छलफलमा कीर्तिपुर नगर उवासंघका अध्यक्ष राज्यलक्ष्मी शाक्य महर्जनज्यूले उवासंघको गरिमा घट्न नदिन लागिपर्नुपर्ने, महिला सहभागिता बढाउनुपर्ने सुझाव दिनुभएको थियो । त्यसैगरी महालक्ष्मी नगर उद्योग वाणिज्य संघका अध्यक्ष नविन्द्र देव सिंहज्यूले नेपाल उद्योग वाणिज्य महासंघको लोगो अंकित व्याचको दुरुपयोग हुन नदिन आग्रह गर्नुभएको थियो । बन्द सत्रका सभाध्यक्ष श्री दिल सुन्दर श्रेष्ठज्यूले संयुक्त रुपमा प्रदेशस्तरीय मेला आयोजना गर्न आव्हान गर्नुहुँदै विधान संशोधनको विषयमा आवाज बुलन्द बनाउने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा बागमती प्रदेशका उपाध्यक्ष श्री दिनेश श्रेष्ठज्यूले बैंक व्याज बृद्धिको विरोधमा सबै एकजुट भई लाग्नुपर्ने बताउनुभयो भने जिल्ला नगर उवासंघको स्तरोन्नतिको लागि छुट्टै कोषको स्थापना गरी अघि बढ्नुपर्ने सुझाउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री सुरकृष्ण बैद्यज्यूले नेपाल सरकारबाट जिल्ला नगर उवासंघहरुसंगको समन्वयमा १२० भन्दा बढी तालिमहरु प्रदान गर्न ३ अर्बको बजेट छुट्ट्याईएको बताउनुहुँदै स्थानीय निकायसंग उवासंघहरुले समन्वय गर्न अनुरोध गर्नुभएको थियो ।
छैठौं प्रदेश सभाको माईन्यूट प्रमाणित गर्न ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंलाई प्रतिनिधि नियुक्त गर्ने निर्णय गरिएको थियो । साँझ ६ः३० बजे शुरु भएको बन्द सत्रको अन्त्यमा अध्यक्ष दिल सुन्दर श्रेष्ठले उपस्थित सम्पूर्णमा हार्दिक धन्यवादज्ञापनसहित साँझ ७ः४५ बजे कार्यक्रम समापन गर्नुभएको थियो ।
छैठौं प्रदेश सभापश्चात नयाँ कार्यकालको लागि नेउवामहासंघ बागमती प्रदेश निर्वाचन समितिबाट पूर्व प्रकाशित निर्वाचन तालिका अनुसार भएको निर्वाचन कार्यक्रमबाट तपसील बमोजिम नतिजा प्राप्त भई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृतज्यूबाट निर्वाचित सबैलाई प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।

अध्यक्ष             ः श्री दिल सुन्दर श्रेष्ठ (धुलिखेल उवासंघ)         ः निर्विरोध निर्वाचित
उपाधयक्ष (जि÷नगर)    ः श्री गुणराज श्रेष्ठ (उवासंघ खैरहनी)             ः निर्विरोध निर्वाचित
उपाध्यक्ष (बस्तु÷एशो.)    ः श्री दुर्गाराज श्रेष्ठ (नेपाल वितरक संघ)            ः निर्वाचित
कोषाध्यक्ष        ः श्री कविराज खत्री (थाहानगर उवासंघ)            ः निर्विरोध निर्वाचित
सदस्य (जि÷नगर)    ः श्री जीवनकाजी माकजु श्रेष्ठ (मकवानपुर उवासंघ)    ः निर्विरोध निर्वाचित
सदस्य (जि÷नगर)    ः श्री शिवप्रसाद मानन्धर (भक्तपुर उवासंघ)        ः निर्विरोध निर्वाचित
सदस्य (जि÷नगर)    ः श्री कृष्णभक्त श्रेष्ठ (चन्द्रागिरी नगर उवासंघ)        ः निर्विरोध निर्वाचित
सदस्य (जि÷नगर)    ः श्री राजन कार्की (पाँचखाल उवासंघ)            ः निर्विरोध निर्वाचित
सदस्य (जि÷नगर)    ः श्री सनत थापा (दोलखा उवासंघ)            ः निर्विरोध निर्वाचित
सदस्य (बस्तुगत)        ः श्री विरेन्द्रनाथ भट्टराई (बालजु उद्योग विकास संघ)    ः निर्विरोध निर्वाचित
सदस्य (एशो.)        ः श्री अनिल कृष्ण श्रेष्ठ (अन्नपूर्ण मत्स्य ह्याचरी)         ः निर्विरोध निर्वाचित
सदस्य (एशोे.)        ः श्री प्रेमहरी मैनाली (मैनाली ईण्ड. प्रा.लि.)        ः निर्विरोध निर्वाचित